टाँस्ने र जोड्ने काममा प्रयोग गरिने साटो ब्राण्डको प्रवर्द्धनका लागि उक्त कम्पनीले उत्पादन गर्ने ब्राण्डका बारेमा कार्पेन्टरहरुलाई जानकारी गराउँदै हिडेको छ । विश्व बजारमा उपभोक्ताको विश्वास जित्न सफल भारतीय साटो कम्पनीले उत्पादन गरेका आर्किलो, एक्सट्रिम, ओशियन, एलिट, डिलक्स र हिटगार्डको बजार प्रवर्द्धनका लागि कार्पेन्टरलाई ब्राण्डको बारेमा जानकारी गराईएको साटोका नेपाल कन्ट्रि म्यानेजर विवेक शर्माले बताउनु भयो ।
यो कम्पनीले अहिले लुम्बिनी प्रदेशका जिल्लाहरुमा कार्पेन्टरहरुलाई भेटिरहेको हो । त्यसैअनुसार बुधबार र बिहिबार रुपन्देहीका विभिन्न स्थानमा कार्पेन्टर मिट कार्यक्रम गरिरहेको छ । जसमा कार्पेन्टरहरुलाई आफ्ना उत्पादनको बारेमा विस्तृत जानकारी गराईएको छ । साटोको उत्पादन गुणस्तरयक्त रहेको र गुणस्तरीय सामानको प्रयोगले गरेका काममा फिनिसिङ आउनुको साथै दीर्घकालिन पनि हुने भएकाले यसको प्रयोगकर्ताको रुपमा कार्पेन्टरलाई जानकारी गराईएको कन्ट्री म्यानेजर शर्मा बताउनु हुन्छ ।
रुपन्देहीमा मात्रै करिव एक सय जना कार्पेन्टरसंग प्रत्यक्ष संवाद गरि कम्पनीका उत्पादनको बारेमा जानकारी गराउने कार्यक्रम रहेको लुम्बिनी प्रदेशका बजार प्रतिनीधि विमल नेपालले बताउनु भयो । उहाँका अनुसार क्रमशः प्रदेशका अरु जिल्लामा पनि कार्यक्रम गरिने छ ।


साटो ब्राण्डले भारत, चीन, हङकङ, कतार, दुवई र हालै नेपालमा बजार विस्तार गरेको छ । यो कम्पनीको लुम्बिनी प्रदेशका लागि आधिकारिक विक्रेता शिखर ट्रेड इन्टरनेशनल प्रा लि.ले जेठको अन्तिम सातादेखि विक्रि शुरु गरेको थियो । नेपालको लागि भने आधिकारिक विक्रेता ट्राईनोक्स कम्पनी काठमाण्डौ हो । यसले अघिल्लो वर्ष काठमाडौंमा व्यवसायी कारोवार शुरु गरेको थियो । त्यसपछि क्रमशः नेपालका प्रमुख शहरहरू बिरगंज, जनकपुर, लहान, इटहरी, विराटनगर, धरान, बिर्तामोड, भद्रपुर, पोखरा र बुटवलमा व्यवसाय विस्तार गरेको हो ।
टाँस्ने र जोड्ने काममा प्रयोग हुने साटोका उत्पादन टिकाउ, जलप्रतिरोधी र सहज प्रयोगका लागि डिजाइन गरिएको र जसले गर्दा विभिन्न प्रकारका सामग्रीहरूलाई मजबुत र दीर्घकालीन जोड गर्न सक्षम रहेको कन्ट्री म्यानेजर शर्माले बताउनु भयो । जसमा क्रसलिङ्किङ टेक्नोलोजी, २ प्रतिशत अतिरिक्त ठोस सामग्री, उच्च कभरेज, छिटो सेटिङ र डी ३ वाटरपुफ्र समावेश गरिएको छ ।
क्रसलिङ्किङ टेक्नोलोजीले उत्पादनको मजबुती र स्थायीत्वमा बृद्धि गर्दछ, २ प्रतिशत अतिरिक्त ठोस सामाग्रीले अधिकतम पकड़ र टिकाउपन प्रदान गर्ने उहाँले बताउनु भयो । त्यस्तै डी ३ प्रमाणिकरणले जलप्रतिरोधी गुणस्तर सुनिश्चित गर्ने उहाँले बताउनु भयो ।