भैरहवाबाट भारतका विभिन्न विमानस्थलमा उडान गर्ने वातावरण बन्दैछ : मन्त्री पाण्डे

1.3K

भैरहवाबाट भारतका विभिन्न विमानस्थलमा उडान गर्ने वातावरण बन्दैछ : मन्त्री पाण्डे

सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका विषयक छलफल गरिएको छ । त्यस अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्द्रीप्रसाद पाण्डेले पर्यटन बोर्डको शाखा स्थापना काठमान्डौँ, पोखरा, लुम्बिनी र सुदुरपश्चिममा खोल्ने र यसले स्थानीयक्षेत्रको पर्यटन उर्भर बनाउन सहयोग पुर्याउने बताउनु भयो ।
पर्यटन प्रहरीलाई नेपालका सवै क्षेत्रमा पुराउने योजना रहेको भन्दै पछिल्लो पटक रारा र खप्तण्ड क्षेत्रमा पछिल्लो समयमा स्थापना राखिएको बताउनुभयो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि पर्यटन मन्त्रीको चाहानाले मात्र सम्भव नहुने भन्दै सवैपक्षको सहयोग र सहकार्य हुनुपर्ने बताउनुभयो ।
विमानस्थल सञ्चालनमा धेरै विषयहरु जरुरी भएको बताउदै यसको नेतृत्व गर्ने जिम्मा आफ्नो भएको भन्दै मन्त्री पाण्डेले केहि कामहरु सम्पन्न भइसकेको जानकारी दिनुभयो । पर्यटन क्षेत्रको विकास गर्नका लागि नीजिक्षेत्र अगाडी लाग्नुपर्ने भन्दै मन्त्री पाण्डेले नीतिगत रुपमा व्यवस्था सहयोग गरिने बताउनुभयो ।
उहाँ विमानस्थलबाट भारतका विभिन्न विमानस्थलमा उडान गर्ने वातावराण निर्माण भैरहेको बताउनुभयो । नेपालमा विभिन्न एयरलायन्स नेपाल वायूसेवा निगम, बुद्ध, यती, श्री एयरलायन्स लगायतका एयरलायन्सले क्षेत्रीय उडान गर्नुका साथै भारतका विभिन्न शहरमा उडान गर्ने प्रकृया अगाडी बढेको बताउनुभयो ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि नगरप्रमुखको संयोजकत्वमा बनेको संघर्ष समितिलाई सहजीकरण समिति बनाउन आग्रह गर्नभयो ।
सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इस्तियाक अहमद खानले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन नहुदा यो क्षेत्रका उद्योगी व्यवसायी संकटमा परेको बताउनुभयो । संसारका मानिसहरुको पवित्रस्थल लुम्बिनी क्षेत्रमा बनेको यो विमानस्थललाई सञ्चालन गर्न मन्त्री पाण्डेलाई भूमिका खेल्न आग्रह गर्नुभयो ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रतापवावु तिवारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा विभिन्न समस्या सिर्जना भएको बतानुभयो । उहाँले यहाँबाट भिसा, श्रमस्वीकृती, म्यानपावर र मान्यता प्राप्त भएका स्वास्थ्य संस्थाहरु नहुदा नियमित अन्तर्राष्ट्रिय उडान हुननसकेको बताउनुभयो । उहाँले यहाँवाट विगतमा नियमित उडान भएका जजिरा एयरलायन्स र थाईएयरलायन्स राम्रो व्यापार गर्न सफल भएपनि बन्द भएको बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजेशकुमार अग्रवालले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा नआउदा पर्यटन क्षेत्रसंगै अन्य व्यवसायी पनि धरासायी भएको बताउनुभयो । उहाँले घरजग्गा व्यवसायीहरुले गरेको लगानी समेत विमानस्थल सञ्चालन नहुदा डुब्ने अवस्थाम पुगेको जानकारी दिनुभयो । उहाँले संसारभरका विभिन्न विमानस्थलहरु नीजिक्षेत्रले संचालन गर्ने गरेको भन्दै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनका लागि पनि नीजि क्षेत्रलाई जिम्मा दिनुपर्ने भनाई राख्नुभयो ।
नेपाल उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष कुलप्रसाद न्यौपानेले यो विमानस्थल संचालन नहुनु कुलिङ पिरियडमा जस्तै कर्मचारीको बदमासी भएको हो की भन्ने प्रश्न गर्नुभयो । संघका निर्वतमान अध्यक्ष ठाकुरकुमार श्रेष्ठले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालन नहुनु सरकारको गंम्भिर कमजोरी रहेको बताउनुभयो । संघका अध्यक्ष नेत्रप्रसाद आचार्यको अध्यक्षता तथा महासचिव कृष्णप्रसाद घिमिरेको संचालनमा कार्यक्रम भएको थियो ।