एसियन थाई फूडकाे नयाँ उत्पादन ‘डेभिल्स’ बुटवलमा सार्वजनिक

1.3K

एसियन थाई फूडकाे नयाँ उत्पादन ‘डेभिल्स’ बुटवलमा सार्वजनिक

एसियन थाई फूडकाे नयाँ उत्पादन (पिराे चाउचाउ) डेभिल्स बुटवलमा सार्वजनिक गरिएकाे छ । आयात प्रतिस्थापनकाे उद्धेश्य सहित काेरियन फ्लेवरमा रहेकाे हट एण्ड स्पाईसी डेभिल्स गत शनिबार मात्रै कम्पनीले लञ्च गरेकाे थियाे ।
कम्पनीले आफ्नाे नयाँ उत्पादन लञ्च गरेसंग उपभाेक्ताकाे माझमा ल्यईएकाे लुम्बिनी प्रदेशका सेल्स म्यानेजर दीपक बास्ताेलाले जानकारी गराउनु भयाे । उहाँका अनुसार नयाँ उत्पादन डेभिल्स युवालाई लक्षित गरेर ल्याईएकाे हाे ।
राेटरी क्लव अफ तिलाेत्तमा रुपन्देहीले शनिबार बुटवलमा आयाेजना गरेकाे राेटरी राेट्रयाक्ट, इन्ट्रयाक्टहरुकाे संयुक्त बैठक तथा मेम्बरशिप अपरेशन कार्यक्रममा क्लवका अध्यक्ष दीपक भट्टराई, राेटरी डिष्ट्रिकका मेम्बरशिप चियर लक्ष्मण ज्ञवाली, अन्टार्कटिकामा पुग्ने पहिलाे नेपाली भुवनसिंह विश्वकर्मा लगायतले याे चाउचाउ सार्वजनिक गर्नुभएकाे हाे ।
पूर्वी नेपालकाे विराटनगरमा उद्याेग रहेकाे एसियन थाई फूडले यस अगाडि चाउचाउमा रमपम, प्रिति, टुपिएम सहित स्न्याक्सहरु उत्पादन गर्दै आएकाे थियाे ।