बुटवल-भैरहवामा जेन-जी आन्दोलन : पार्टी कार्यालयहरुमा ताेडफाेड

1.3K

बुटवल-भैरहवामा जेन-जी आन्दोलन : पार्टी कार्यालयहरुमा ताेडफाेड

जेन-जी आन्दोलनका क्रममा सोमबार विहानैदेखि बुटवल र आसपासका क्षेत्रमा युवाहरूको प्रदर्शन हिंसात्मक बन्दै गएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीका अनुसार प्रदर्शनकारीहरूले विभिन्न पार्टी कार्यालय र सरकारी संरचनामाथि तोडफोड गरेका छन् ।
प्रहरीका अनुसार भैरहवास्थित नेपाली काँग्रेस पार्टी कार्यालय, बुटवल र कोटिहवास्थित एमाले पार्टी कार्यालयमा तोडफोड गरिएको छ । त्यस्तै, काँग्रेस केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँणको तिलोत्तमा चारनम्बर घरमा समेत आक्रमण भएको छ ।
बुटवल उपमहानगरपालिकाको कार्यालयतर्फ ढुंगा प्रहार गरिएको छ भने बुटवल चौराहामा रहेको प्रहरी बिटमा समेत तोडफोड प्रयास भएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले केही राउन्ड अश्रुग्याँस प्रहार गरेको छ । सामान्य जनजीवन प्रभावित भएको र सुरक्षाकर्मीलाई थप सतर्क पारिएको प्रहरीले जनाएको छ ।
त्यस्तै जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बुटवल र भैरहवामा कर्फ्यू आदेश जारी गरेकाे छ ।