मन्त्रीपरिषद बैठक : छानविन समिति बनाउने

1.3K

मन्त्रीपरिषद बैठक : छानविन समिति बनाउने

जेन-जी प्रदर्शनले हिंसात्मक रुप लिएपछि घटेको घटनाबारे छानविन गर्न सरकारले समिति बनाउने निर्णय गरेको छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उक्त घटनाकाे सत्यतथ्य जाँबुझ गर्नका लागि छानबिन समिति बनाउने निर्णय गरेको हाे ।
उक्त समितिले १५ दिनभित्र घटनाको छानबिन गरेर सरकारलाई प्रतिवेदन बुझाउने टिओआर तय भएको छ ।
सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्धविरुद्ध आन्दोलनमा उत्रिएका युवाहरुले प्रहरी घेरा ताेडेर निशेधित क्षेत्रमा प्रवेश गर्नुका साथै ताेडफाेड र आगजनी गर्न थालेपछि प्रहरीले जवाफी कारवाही सुरु गरेकाे थियाे । जसका कारण प्रहरीकाे गाेली लागेर १९ जनाले ज्यान गुमाईसकेका छन् भने ३४७ जना घाईते भएकाे र उनीहरुकाे विभिन्न अस्पतालमा उपचार भईरहेकाे छ ।