नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा शपथग्रहण

1.3K

नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा शपथग्रहण

नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीले पद तथा गोपनीयताको सपथ लिनु भएको छ । बुधबार राती शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेले नवनियुक्त प्रधानमन्त्री कार्कीलालई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ६१ अनुसार पूर्वप्रधानन्यायाधिश कार्कीलाई आजै प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो । पूर्वप्रधानन्यायाधिश कार्कीलाई सरकारको नेतृत्व सुम्पिने र प्रतिनिधिसभा विघटन गर्ने सहमति पछि राष्ट्रपति पौडेलले प्रधामन्त्री नियुक्त गर्नुभएको हो ।
सरकारले गरेको सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारको विरोधमा यहि भदौ २३ र २४ गते जेनजीले गरेको आन्दोलनका कारण प्रधामन्त्री केपी शर्मा ओलीले २४ गते दिउँसो पदबाट राजीनामा गर्नुभएको थियो । प्रधामन्त्री ओलीको राजीनामासंगै अब कसरी अगाडी बढ्ने, कसको नेतृत्वमा सरकार बनाउने भन्ने विषयमा अन्यौल उत्पन्न भएको थियो ।
सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारको विरोधमा जेनजीले गरेको आन्दोलनको पहिलो दिनमै प्रहरी चलाएको गोली लागेर ठूलो संख्यामा युवा विद्यार्थीको मृत्यु भएपछि आन्दोलनले झनै उग्र रुप लिएको थियो । जसका कारण दोस्रो दिनको आन्दोलन झनै आक्रामक बन्यो । जसले गर्दा देशको कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका रहेका मुकामहरु जलेर ध्वस्त भएका छन् । यो आन्दोलनमा अहिले सम्म मृत्यु हुनेको संख्या ५१ पुगिसकेको छ भने घाईतेहरुको संख्या पनि ३ सय बढी रहेका छन् ।