सरकारले यहि असाेज १ गते देशभर शोक दिवस मनाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यहि असाेज १ गते बुधबार शाेक दिवस मनाउने र त्यस दिन सार्वजनिक विदा दिने निर्णय गरेकाे हाे ।
सरकारका गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालका अनुसार सरकारले जेन-जी आन्दोलनका क्रममा निधन भएकालाई शहीद घोषणा गर्ने निर्णय गरिएकाे छ । आन्दाेलनमा दिवंगत भएकाहरूको राष्ट्रिय सम्मानसहित अन्त्यष्टि गरिने छ ।
जेन-जी आन्दोलनका क्रममा हालसम्म ७२ जनाका ज्यान गएकाे छ भने २ हजार ३१६ जना घाइते भएका छन् । हाल देशका विभिन्न अस्पतालहरूमा २८३ जना उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।