जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार असोज १८ देखि २० गतेसम्म देशका पूर्वी तथा पश्चिमी पहाडी क्षेत्रमा भारी वर्षा हुने सम्भावना रहेकाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लामो दूरीका सवारी साधन सञ्चालनमा अस्थायी रोक लगाएको छ ।
प्राधिकरणले आज असोज १८, १९ र २० गतेका लागि जारी गरिएको यो आदेशअनुसार कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशमा विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ । भारी वर्षाका कारण बाढी, पहिरो तथा डुवानको उच्च जोखिम रहने भएकाले सवारी आवागमन नियन्त्रण गरिएको हो ।
यातायात व्यवस्थापन र सुरक्षाको लागि प्राधिकरणले जिल्ला प्रशासन कार्यालय, प्रहरी, यातायात व्यवसायी र सम्बन्धित निकायलाई निर्देशन दिइएको छ । साथै नागरिकलाई अत्यावश्यक नपरी लामो दूरीको यात्रा नगर्न, सुरक्षित विकल्प अपनाउन तथा रेडियो, टेलिभिजन र अनलाइन माध्यमबाट सूचनामार्फत अद्यावधिक रहन अनुरोध गरिएको छ ।
