पश्चिममा पश्चिमी वायू : पूर्वमा मनसुनी वायूको कमजोर प्रभाव

1.3K

पश्चिममा पश्चिमी वायू : पूर्वमा मनसुनी वायूको कमजोर प्रभाव

देशको पश्चिमी भू-भागमा पश्चिमी वायूको प्रभाव बढ्दो देखिएको छ भने पूर्वी भू-भागमा मनसुनी वायूको कमजोर प्रभाव मात्र रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशको पश्चिमी भू-भागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भू-भागको थोरै स्थानहरूमा पश्चिमी वायूको प्रभाव रहेकाे छ त्यस्तै बाँकी भू-भागमा मनसुनी वायूको कमजोर प्रभाव रहेको छ ।
जसका कारण लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहने र ती प्रदेशका पहाडी तथा तराईका केही स्थानहरूमा मेघगर्जनसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ । साथै, कर्णाली र सुदूरपश्चिमका हिमाली भू-भागका केही स्थानहरूमा हिमपातको पनि सम्भावना छ ।
भोलि मंगलबार दिउँसो कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै अन्य पहाडी भू-भागमा साधारणतया बदली रहने पूर्वानुमान गरिएको छ । ती क्षेत्रका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने सम्भावना छ ।
मौसम विज्ञहरूका अनुसार हाल सुदूरपश्चिम, कर्णाली र लुम्बिनीको पश्चिमी भू-भागमा सक्रिय पश्चिमी वायूले वर्षा र हिमपातका गतिविधि बढाएको हो भने पूर्वी भू-भागमा मनसुनी वायू कमजोर अवस्थामा रहेको छ ।
यसैबीच, महाशाखाले हिमाली तथा पहाडी क्षेत्रका बासिन्दालाई मौसम अनुसार सतर्क रहन र आवश्यक सावधानी अपनाउन सुझाव दिएको छ ।