खरभुजाको बिउ सहित मिनि ट्रक प्रहरी नियन्त्रणमा

1.3K

खरभुजाको बिउ सहित मिनि ट्रक प्रहरी नियन्त्रणमा

रुपन्देहीको ओमसतिया गाउँपालिकामा खरभुजाको बिउ सहितको मिनि ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ ।
वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले मिति २०८२ असोज २० गते राति करिब ८ बजे ओमसतिया गाउँपालिका–४, डण्डास्थित सडक खण्डमा बा.प्र.०३–००१ ख १६८४ नम्बरको मिनि ट्रकलाई शंका लागी रोकेर जाँच गर्दा १२५ बोरा (करीब ५० कुइन्टल) खरभुजाको बिउ फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ट्रकसहित बरामद गरिएको बिउ र सवारीसाधनको अनुमानित मूल्य करिब रु. २० लाख रहेको छ । उक्त ट्रक चालक मायादेवी गाउँपालिका–६ रुपन्देहीका २२ वर्षीय राजकुमार मल्लाहलाई समेत नियन्त्रणमा लिइएको छ ।
पक्राउ परेका चालक र बरामद सामानलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवलमा पठाइएको जिल्ला प्रहरी कार्यालय भैरहवाले जनाएको छ । प्रहरीले यस घटनासम्बन्धमा थप अनुसन्धान जारी रहेको जनाएको छ ।