बंगालको खाडीमा ‘मोन्था’ चक्रवात : नेपालमा कस्तो रहला प्रभाव ?

1.3K

बंगालको खाडीमा ‘मोन्था’ चक्रवात : नेपालमा कस्तो रहला प्रभाव ?

भारतीय मौषम विभागका अनुसार वंगालको खाडीमा सक्रिय ‘मान्था’ चक्रवात अत्यधिक शक्तिशाली भएर चक्रवाती आँधीमा परिणत भएको छ । यसले आन्ध्र प्रदेशको तमिलनाडुका केही भागमा भारी वर्षा गराउन सक्ने पनि उक्त विभागले पुर्वानुमान गरेको छ । चक्रवात आज मंगलबार आन्ध्र प्रदेशको तटीय क्षेत्र पार गर्ने अनुमान गरेर आन्ध्र प्रदेश, ओडिशाका केही भूभागका लागि चक्रवातको चेतावनी जारी गरिएको छ ।
विभागका अनुसार त्यो समयमा हावाको गति १ सय किलोमिटर प्रति घण्टासम्म पुग्न सक्नेछ ।
यसको प्रभाव नेपालमा पनि देखिनेछ । मौसमविद्हरूका अनुसार भारतमा सक्रिय भएको केही दिनमै यो नेपालमा प्रवेश गर्नेछ । बंगालको खाडीमा विकसित भएको यो प्रणाली पूर्वी नेपालमा प्रवेश गर्नेछ । बिहीबार यो पूर्वी नेपालमा सक्रिय हुने पूर्वानुमान छ । यसको प्रभाव कोशी प्रदेशका साथै मधेश हुँदै मध्य नेपालसम्म पर्नेछ ।