राष्ट्रपति पौडेल कतार भ्रमणमा जाँदै

1.3K

राष्ट्रपति पौडेल कतार भ्रमणमा जाँदै

राष्ट्रपति रामचन्द्र पौडेल कतार भ्रमणमा जाने हुनुभएको छ । कतारको दोहामा कात्तिक १७ देखि २० सम्म आयोजना हुने सेकेन्ड वल्र्ड समिट फर सोसल डेभलेपमेन्ट कार्यक्रमम सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल औपचारिक भ्रमणमा जान लाग्नु भएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलको औपचारिक कतार भ्रमण मन्त्रीपरिषदले स्वीकृत गरेको छ । आज (बुधबार) बसेको मन्त्रीपरिषद बैठकले राष्ट्रपति पौडेलको कतार भ्रमण स्वकृत गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदिश खरेलले जानकारी गराउनु भएको छ ।
राष्ट्रपति पौडेलसहितको टोलीले कात्तिक १७ गते २० गतेसम्म कतारको औपचारिक भ्रमण गर्नेछ ।