हरिहर सन्यास आश्रम, देवघाट तनहुँमा शुभयात्रा नेपालको २६ औं साधारण सभा सम्पन्न भएको छ । सभामा १२ वटा महत्वपूर्ण प्रस्तावहरू पारित गर्दै समापन गरिएको हो ।
कार्यक्रममा हरिहर सन्यास आश्रमका पिठाधीश एवं नेपाल सन्त समाजका अध्यक्ष श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजले शुभयात्रा नेपालका पाँच सूत्रीय योजनाहरू-देवभूमि (गण्डकी, कोशी, कर्णाली), गौनिकुञ्ज, क्यान्सर अस्पताल, फोहरमुक्त नेपाल र पर्यटन विकास — सम्बन्धी मार्गनिर्देशन प्रदान गर्नुभयो ।

शुभयात्रा नेपालका केन्द्रीय अध्यक्ष मधुसूदन गैह्रेले शुभयात्रा नेपालले सातै प्रदेशमा सात वटा गौचरन क्षेत्र स्थापना गर्ने र रुपन्देहीमा क्यान्सर अस्पताल निर्माणका लागि अग्रसर हुने योजना अघि सारिएकाे जानकारी गराउनु भएकाे थियाे । सभामा प्रस्तुत १२ वटा प्रस्तावहरू संस्थाको भावी कार्यदिशा र सामाजिक अभियानका लागि महत्वपूर्ण रहेको उल्लेख गरिएको छ ।
कार्यक्रममा केन्द्रीय सदस्य साबित्रा टण्डनले स्वागत तथा सहसचिव बद्रीनाथ पोख्रेलले सञ्चालन गर्नुभएको थियो ।