अब राष्ट्रिय परिचयपत्र (नेशनल आइडी) भएका नागरिकले मतदाता नामावली दर्ताका लागि निर्वाचन कार्यालय धाउनुपर्ने छैन । निर्वाचन आयोगले आजदेखि यस्तो व्यवस्था लागू गरेको हो ।
नयाँ प्रणालीअनुसार परिचयपत्र बनाएका व्यक्तिले अनलाइनबाट मात्र फारम भरे पुग्नेछ । आयोगले नेशनल आइडीमा रहेका बायोमेट्रिक विवरणलाई सोही फारमसँग स्वचालित रूपमा जोड्ने व्यवस्था मिलाएको छ ।
कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार यसले मतदाता नामावली दर्ता प्रक्रिया थप सहज बनाउने छ । उहाँले भन्नुभयाे-“अब अनलाइनमा फारम भरेपछि नेशनल आइडीबाटै बायोमेट्रिक जोडिनेछ र छानबिनपछि नामावली प्रकाशन हुनेछ ।”
३० कात्तिकसम्म दर्ता समयसीमा बाँकी रहँदा ठूलो भीड कम गर्न र सबै नागरिकलाई सुविधा पुर्याउन आयोगले यो व्यवस्था ल्याएको हो । जिल्ला निर्वाचन कार्यालयहरूले यसलाई कार्यान्वयनमा ल्याइसकेका छन् ।