चुनावमा जाने काँग्रेसकाे औपचारिक निर्णय

1.3K

चुनावमा जाने काँग्रेसकाे औपचारिक निर्णय

नेपाली काँग्रेसले आगामी फागुन २१ गते निर्धारित प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने औपचारिक निर्णय गरेको छ । पार्टीको केन्द्रीय कार्यसमितिको सोमबार बसेको बैठकले वर्तमान राजनीतिक संकटको समाधान, संविधानको संरक्षण तथा जेन-जी जेनरेशनले उठाएका मुद्दालाई संस्थागत रूपमा निर्वाचनमार्फत सम्बोधन गर्न सकिने ठहर गर्दै निर्वाचनमा जाने निर्णय गरेको हो ।
बैठकले राष्ट्रियसभा र प्रतिनिधिसभा दुबै निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय पनि गरेको छ ।
चुनावमा जाने निर्णय लिएका काँग्रेसले मुलुकमा भयरहित वातावरण निर्माण गर्न सरकारलाई आग्रह गरेको छ । हराइरहेका हतियार र कैदीबन्दीलाई तत्काल नियन्त्रणमा लिनुपर्ने माग गर्दै पार्टीले सुरक्षित वातावरण निर्वाचनको पूर्वसर्त भएको जनाएको छ ।
यसैबीच, पार्टी महाधिवेशनका विवादित मुद्दामा भने बैठकले कुनै नर्णय लिईसकेकाे छैन । महामन्त्री गगन थापाका अनुसार यस विषयमा थप छलफलपछि फेरि बैठक बस्ने छ ।  महाधिवेशन चुनावअघि गर्ने कि पछि भन्ने विषयमा मतैक्य नबनेको अवस्थामा काँग्रेसले राष्ट्रिय राजनीतिक एजेन्डामा भने महत्वपूर्ण निर्णय गरेको हो ।