नेपाल सरकारकाे मुख्य सचिवमा सरकारले सुमनराज अर्याललाई नियुक्त गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठकले अर्याललाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।
हालका मुख्यसचिव एकनारायण अर्यालकाे ५८ वर्षे उमेरहदका कारण भोलि मंसिर ९ गतेबाट अनिवार्य अवकाश हुदैछ । उहाँ १३ भदौ २०८१ मा मुख्यसचिवमा नियुक्त भएकाे थियाे ।
उहाँको अवकाशअघि नै रिक्त हुने पदमा मन्त्रिपरिषद् बैठकले सुमनराज अर्याललाई जिम्मेवारी दिएसँगै प्रशासन नेतृत्वमा नयाँ संरचना तय भएको छ ।