नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीको अध्यक्षमा गोविन्द बस्नेत निर्वाचित हुनुभएकाे छ । आइतबार सम्पन्न सातौँ साधारण सभा तथा चौथो अधिवेशनबाट बस्नेत एक मतको रोचक अन्तरले विजयी हुनुभएकाे हाे । अध्यक्ष पदका लागि भएको प्रतिस्पर्धामा बस्नेतले १९ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी राजेश पाण्डेले १८ मत प्राप्त गर्नुभयाे ।
अध्यक्ष बाहेक बाँकी पदहरू सर्वसम्मत रूपमा चयन भएको निर्वाचन समितिले जनाएको छ । नवनिर्वाचित कार्यसमितिकाे उपाध्यक्ष पदमा दिपेश अर्याल, सचिवमा उपेन्द्र यादव, कोषाध्यक्षमा रामचन्द्र खरेल र सदस्यहरुमा किरण राना, रामप्रसाद खड्का, शिव पौडेल, शिखर धिताल सर्वसम्मत निर्वाचित हुनुभएकाे हाे ।
कार्यक्रमको उद्घाटन गर्दै इक्यानका केन्द्रीय अध्यक्ष शेषराज भट्टराईले शैक्षिक परामर्श व्यवसायमा पेशागत आचरण, पारदर्शिता र मर्यादा अनिवार्य रूपमा अपनाउनुपर्नेमा जोड दिनुभयाे । उहाँले अवैध रूपमा सञ्चालन भइरहेका संस्थाहरूबारे चासो व्यक्त गर्दै, दर्ता प्रक्रियामा आएर काम गर्न सबैलाई आग्रह गर्नुभयाे ।
भट्टराईले दर्ता नभई चलिरहेका संस्थामाथि अनुगमन गरेर कानूनी कारबाहीको दायरामा ल्याउनुपर्ने आवश्यकता औँल्याउनु भयाे ।
केन्द्रीय निवर्तमान अध्यक्ष प्रकाश पाण्डेले संघीय र प्रदेशकाे शिक्षा मन्त्रालयमा दर्ता प्रक्रियाहरू छिटै सुरु हुने अधिकारीहरुबाट जानकारी पाएकाे बताउँदै त्यसका लागि तयारी अवस्थामा रहन दर्ता नभएका संस्थालाई आग्रह गर्नुभयाे ।
कार्यक्रममा केन्द्रीय उपाध्यक्ष एन्ड्रु पौडेल, केन्द्रीय सचिव भवनाथ हुमागाई, केन्द्रीय कोषाध्यक्ष आशिष कार्की, सुवास थापा, सल्लाहकार गोविन्दराज अधिकारी, इक्यान चितवन अध्यक्ष समुन्द्र अर्याल, मकवानपुर अध्यक्ष वेलप्रसाद खटिवडा, कास्की अध्यक्ष ओमप्रकाश गैरे लगायतले शुभकामना व्यक्त गर्नुभयाे ।
इक्यान रुपन्देहीका संस्थापक अध्यक्ष देवबहादुर कुवरले संस्था स्थापना भएको सुरुवाती दिन सम्झिँदै ३ जनाबाट सुरु गरिएकाे संस्था अहिले ५२ सदस्य भएको तथ्य प्रस्तुत गर्नुभयाे । वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीलाई गुणस्तरीय परामर्श सेवा दिने कार्यलाई संस्थाले अझ प्रभावकारी बनाउँदै लैजानुपर्ने सुझाव दिनुभयाे ।
साधारण सभा तथा अधिवेशन इक्यान रुपन्देहीका अध्यक्ष गिरीराज पाण्डेको अध्यक्षतामा उपाध्यक्ष राजेश पाण्डेकाे स्वागत तथा सचिव सचिव गोविन्द बस्नेतकाे सञ्चालनमा भएकाे थियाे ।