एनपीएल : विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

1.3K

एनपीएल : विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोएल्सले विराटनगर किंग्सलाई ७७ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेकाे छ। १५६ रनको लक्ष्य पछ्याएको विराटनगर १५.१ ओभरमै ७८ रनमा अलआउट भयो । ७ बलमै ३ विकेट गुमाएकाे थियाे ।
यसअघि लिग चरणमै विराटनगरले सुदूरपश्चिमलाई एकपक्षीय हराएको थियो, तर क्वालिफायरमा भने नतिजा उल्टियो । सुदूरका बलर स्कट कुगेलेइन, अविनाश बोहरा, हेमन्त धामी र हर्मित सिंहको उत्कृष्ट बलिङले विराटनगरलाई दबाबमा राख्यो । कुगेलेइनले २, बोहरा र हर्मितले २–२ विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ६ विकेटमा १५५ रन बनायो । ओपनर विनोद भण्डारीले ५२ बलमा ६३ रनको संयमित पारी खेल्दै ‘प्लेयर अफ दि म्याच’ बने । नयाँ खेलाडी मुख्तर अहमद र शेल्डन ज्याक्सनले डेब्युमै उपयोगी योगदान दिए ।
विराटनगरले बनाएको ७८ रन यस सिजनको सबैभन्दा कम स्कोर हो र समग्र एनपीएल इतिहासको तेस्रो कम स्कोर । फाफ डु प्लेसिसले एक्लैले ३६ रन बनाए पनि अन्य ब्याटर चल्न सकेनन् ।
अब सुदूरपश्चिमले फाइनल प्रतिद्वन्द्वी पत्ता लगाउन शुक्रबारको खेल पर्खनुपर्छ । सुदुरपश्चिमकाे टिम लगातार दोस्रो वर्ष फाइनल पुगेको हो र यसपटक पहिलोपटक उपाधि लक्ष्यमा राखेको छ ।