लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा : फाईनलमा विराटनगरसंग भिड्ने

1.3K

लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा : फाईनलमा विराटनगरसंग भिड्ने

लुम्बिनी लायन्सले काठमान्डु गोर्खाजलाई ४ विकेटले पराजित गर्दै सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । बुधबार कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको एलिमिनेटर खेलमा लुम्बिनीले उत्कृष्ट खेल प्रदर्शन गर्दै काठमान्डुको यात्रामा पूर्णविराम लगायो ।
काठमान्डुले दिएको ११२ रनको लक्ष्य लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो ।
लुम्बिनीका लागि ओपनर दिनेश अधिकारी चार रनमा आउट भए पनि सर्ट र कप्तान रोहितले दोस्रो विकेटका लागि २९ रनको उपयोगी साझेदारी गर्दै पारीलाई सम्हाले ।
काठमान्डुका बलरमध्ये सन्तोष यादवले २ विकेट लिए भने कप्तान करण केसी, सन्नी पटेल, शाहब आलम र रासिद खानले समान १–१ विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ गरेको काठमान्डु गोर्खाज १९.१ ओभरमा १११ रनमै समेटियो ।
लुम्बिनीका रुबेन ट्रम्पलम्यान र शेर मल्लले सुरुमा आक्रमक बलिङ गर्दै काठमान्डुलाई १४ रनमै ४ विकेटको संकटमा पारे । त्यसपछि भीम शार्की र जोन सिम्पसनले ३६ रनको साझेदारी गरे तर लगातार विकेट झर्दै गएपछि टोली १११ रनमै थामियो ।
शेर मल्ल प्रतियोगितामा १३ विकेटसहित सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा तेस्रो स्थानमा उक्लिएका छन् । उनीभन्दा अगाडि सन्दीप लामिछाने (१५ विकेट) र अविनाश बोहरा (१६ विकेट) छन् ।
लुम्बिनी लायन्सले अब बिहीबार विराटनगर किंग्स विरुद्ध फाइनल प्रवेशका लागि दोश्रो क्वालिफायर खेल्नेछ । विराटनगर पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोएल्ससँग ७७ रनले पराजित भएको थियो ।
एलिमिनेटरमा पराजित हुँदै काठमान्डु गोर्खाज प्रतियोगिताबाट बाहिरिएको छ ।