पाल्पामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । अरुणखोला देखि रामपुर तर्फ जाँदै गरेको लु १ ज ३९०८ नम्बरको जीप पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीवासमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा परि जीपमा सवार तीन जनाको मृत्यु भएको र अन्य ८ जना घाईते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतकहरुको पहिचान खुलेको छैन । त्यस्तै घाईतेहरुलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल पूर्वी नवलपरासी लगिएको छ ।