सरकारमा चार मन्त्री थपिएका छन् । योसंगै मन्त्रीपरिषदको संख्या १४ पुगेको छ । सरकारको सिफारिसमा चार मन्त्रीले शुक्रबार सफथ लिएका छन् ।
राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित सभाका बीचमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरुलाई पथ तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको हो ।
प्रधानमन्त्री सुशीला कार्कीले गरेको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नामलाई मन्त्रीमा नियुक्त गर्नुभएको हो । नवनियुक्त चार मन्त्रीहरूमध्ये श्रद्धालाई महिला तथा बालबालिका, चौलागाईं वन, भण्डारीलाई श्रम र इङ्नामलाई भूमि मन्त्रालयको जिम्मेवारी दिइएको छ ।