बिरोधकाबिच एमाले विधान महाधिवेशनका निर्णय उल्ट्याईयो : पदाधिकारी संख्या १९ कायम

1.3K

बिरोधकाबिच एमाले विधान महाधिवेशनका निर्णय उल्ट्याईयो : पदाधिकारी संख्या १९ कायम

नेकपा एमालेले विधान महाधिवेशनबाट गरिएका निर्णयहरू उल्ट्याउँदै पदाधिकारी र स्थायी कमिटीको संख्या पुरानै कायम गर्ने निर्णय गरेको छ ।
गत भदौमा सम्पन्न विधान महाधिवेशनले पदाधिकारीको संख्या १५ कायम गर्ने र स्थायी कमिटी नराख्ने निर्णय गरेको थियो । तर अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी संख्या बढाउनुपर्ने दबाब रहेको भन्दै नयाँ केन्द्रीय संरचनाको प्रस्ताव केन्द्रीय कमिटीमा पेस गर्नुभएको थियो ।
नयाँ संरचना अनुसार १ अध्यक्ष, ५ उपाध्यक्ष, १ महासचिव, ३ उपमहासचिव र ९ सचिवसहित ३०१ सदस्यीय केन्द्रीय समिति रहने छन् । यसैगरी ३३ सदस्यीय स्थायी कमिटी र ९९ सदस्यीय पोलिटब्युरो हुनेछ । यसअघि एमालेको केन्द्रीय कमिटी ३०१ सदस्यीय नै थियो । विधान महाधिवेशनबाट त्यसलाई घटाएर २५१ सदस्यीय बनाइएको थियो । तर त्यही निर्णयलाई फेरि संशोधन गरिएको भन्दै पार्टीभित्र असन्तुष्टि देखिएको छ ।
बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बदलिएको परिस्थितिले संख्या बढाउन नभई पार्टीलाई रूपान्तरण गर्न सन्देश दिएको बताउँदै संख्या बढाउँदैमा पार्टीको क्षमता वृद्धि हुने कुनै ग्यारेन्टी नभएको प्रश्न उठाउनु भयो ।
‘बदलिएको परिस्थितिले अंक बढाउन भनेको होइन, बदलिन भनेको हो,’ पोखरेलले भन्नुभयो–‘संख्या बढाएर क्षमता बढ्छ भने अघिल्लो संरचनामा हाम्रो क्षमता किन जचिएन ?’ उहाँले नेतृत्वको दुई कार्यकालको विषयमा पनि छलफल आवश्यक रहेको उल्लेख गर्दै चयनात्मक बहसले पार्टीलाई गलत दिशातर्फ लैजान सक्ने चेतावनी दिनुभयो ।