नेकपा एमालेको महाधिवेशनमा आज धमाधम उम्मेदवारी दर्ता भईरहेको छ । नयाँ नेतृत्वमा आउनका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल बिच अध्यक्षमा प्रतिस्पर्धा हुँदैछ ।
अध्यक्षमा आकांक्षा राखेका दुैबले आफ्नो आफ्नो समुह बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् । आज बिहान अध्यक्षमा ईश्वर पोखरेल सहित उक्त समुहबाट पदाधिकारी टुङ्गो लाग्दा नलाग्दै केपी ओली समुहले पनि पदाधिकारीमा को को जाने भन्ने टुङ्गो लगाएको छ ।
ओली समुहबाट अध्यक्ष केपी ओली सहित ५ उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा बादल, गुरु बराल र पृथ्वीसुब्बा गुरुङको नाम टुंगो लगाईसकेको छ भने प्रदीप ज्ञवालीलाई उपाध्यक्षमा मनाउने प्रयास भईरहेको छ ।
ओली समुहबाट महासचिवमा शंकर पोखरलले उम्मेदवारी दिने तय भएको छ । त्यसैगरी उपमहासचिवमा विष्णु रिमाल, भानुभक्त ढकाल र रघुबिर महासेठको नाम टंगो लागिसकेको छ । त्यसैगरी ९ सचिव पदका लागि शेरधन राई, हिक्मत कार्की, राजन भट्टराई, महेश बस्नेत, खगराज अधिकारी, पद्मा अर्याल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र लेखराज भट्टको नाम टुंगो लागेको बुझिएको छ ।
त्यस्तै ईश्वर पोखरेल समूहबाट पाँच उपाध्यक्षमा गोकर्ण विष्ट, परशुराममेघी गुरुङ, विन्दा पाण्डे र अरुण नेपालको नाम टुंगो लगाएको छ । त्यस्तै महासचिवमा सुरेन्द्र पाण्डे र उपमहासचिव पदमा योगेश भट्टराईको नाम पक्का भएको छ ।
उपमहासचिव उम्मेदवारको सूचीमा बैजनाथ चौधरीको नाम पनि छ । त्यस्तै सचिव पदमा रचना खड्का, विनोद ढकाल, कर्ण थापा, ठाकुर गैरे, इन्द्रलाल सापकोटा, पुरुषोत्तम पौडेल लगायतको नाम करिव टुंगो लागेको छ । त्यस्तै यो समुहले सचिव उम्मेदवारको सूचीमा कृष्णगोपाल श्रेष्ठ र गोकुल बास्कोटाको नाम पनि राखेको छ । स्रोतका अनुसार छलफल जारी रहेकाले यसमा केही हेरफेर हुन सक्ने छ ।