कञ्चनका युवा हत्यामा संलग्नलाई पहिचान गरी हदैसम्मको कारवाही गर्न माग

1.3K

कञ्चनका युवा हत्यामा संलग्नलाई पहिचान गरी हदैसम्मको कारवाही गर्न माग

बुटवल उद्योग वाणिज्य संघले रुपन्देहीको कञ्चन गाउँपालिकामा युवाको हत्यामा संलग्नलाई पहिचान गरी हदैसम्मको कारवाहीको माग गरेको छ । संघले आईतबार एक विज्ञप्ती प्रकाशन गरी शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ ।
रुपन्देहीको कञ्चन गाउँपालिका वडा नं. ३ धौलागिरी चोकका व्यवसायी, बुटवल उद्योग वाणिज्य संघकी सदस्य रमा पौडेल र अर्जुन पौडेलका छोरा १७ वर्षीय ईशान पौडेलको गत बिहिबार राती घर नजिकै हत्या भएको थियो ।
संघका अध्यक्ष हरिप्रसाद अर्यालद्वारा जारी विज्ञप्तीमा घटनाको निन्दा गर्दै दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन र हदै सम्मको कारवाही गर्न माग गरिएको हो । नयाँ पुस्ताका ऊर्जावान र होनहार युवाको जघन्य हत्या हुनु दुःखद र निन्दनीय रहेको संघले जनाएको छ ।
संघले घटनामा संलग्नलाई पहिचान गरी छिटोभन्दा छिटो कडा कारबाही गर्न र समाजमा शान्ति सुरक्षा कायम प्रहरी प्रशासनलाई आग्रह गर्दै यस्ता घटनाको निष्पक्ष र प्रभावकारी अनुसन्धानले कारवाहीले समाजमा शान्ति सुरक्षा कायम गर्न सघाउ पुर्याउने पनि उल्लेख गरिएको छ ।