राप्रपा र राप्रपा नेपालबिच एकता सहमति : पुस १६ गते घोषणा सभा

1.3K

राप्रपा र राप्रपा नेपालबिच एकता सहमति : पुस १६ गते घोषणा सभा

राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच एकताका लागि सहमति भएको छ । दुई पार्टीका अध्यक्षबीच आज साँझ एकता सहमति पत्रमा हस्ताक्षर भएसँगै औपचारिक रूपमा एकीकरणको प्रक्रिया अघि बढेको हो ।
सहमति पत्रअनुसार पुस १६ गते विशेष एकता घोषणा सभा आयोजना गरिने छ । यसअघि बुधबार दुवै नेताबीच भएको छलफलले पार्टी एकताका विषयमा सहमति जुटाएको थियो ।
राप्रपाको ०७८ मंसिरमा सम्पन्न महाधिवेशनमा अध्यक्ष पदमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि कमल थापाले ०७८ माघ २५ गते पार्टीबाट अलग भएको घोषणा गर्नु भएकाे थियाे । सो महाधिवेशनपछि थापाले पूर्वराजा र निर्मल निवासको हस्तक्षेपका कारण आफू पराजित भएको आरोप लगाउनु भएकाे थियाे ।
पछि थापाले ०७८ फागुन ७ गते राप्रपा नेपाल गठनको घोषणा गर्नुभयाे । लामो समयपछि दुई पार्टीबीच एकताको सहमतिसँगै राजसंस्थावादी धार एकीकृत हुने अपेक्षा गरिएको छ ।