देशभर चिसो बढ्दै : सतर्कता अपनाउन आग्रह

1.3K

देशभर चिसो बढ्दै : सतर्कता अपनाउन आग्रह

सन् २०२६ को सुरुवातसँगै नेपालमा चिसोको प्रभाव निकै बढेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा का अनुसार आज देशका विभिन्न भागमा जाडोको उच्च प्रभाव देखिएको छ ।
महाशाखाद्वारा जारी बुलेटिन अनुसार आज बिहानैदेखि तराईका अधिकांश भू-भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । कुहिरोका कारण भिजिबिलिटी कम हुँदा सडक यातायात र हवाई उडानहरू प्रभावित हुन सक्ने भन्दै चालक तथा यात्रीहरूलाई विशेष सावधानी अपनाउन सुझाइएको छ । मध्यान्हपछि मात्र कुहिरो बिस्तारै हट्दै जाने प्रक्षेपण गरिएको छ ।
पहाडी भेगमा आज मौसम मुख्यतया सफा रहने भए पनि केही स्थानमा आंशिक बदली हुने सम्भावना छ । हिमाली क्षेत्रमा भने न्यूनतम तापक्रम घट्ने क्रम जारी रहेकाले अत्यधिक चिसो महसुस गरिएको छ ।
काठमाडौं उपत्यकासहित देशभरकै न्यूनतम तापक्रममा गिरावट आएको छ । महाशाखाले चिसोबाट बच्न साना बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीहरूको विशेष ख्याल गर्न सर्वसाधारणमा अनुरोध गरेको छ ।