प्रभु ग्रुप्स एण्ड कम्पनीको संयुक्त लगानीमा स्थापित प्रभु स्टील्स एण्ड हाईड्रो इन्भेष्टमेण्ट कम्पनी लिमिटेडले आईएसओ ९००१:२०१५ गुणस्तर व्यवस्थापन प्रमाणपत्र प्राप्त गरेको छ ।
अन्तर्राष्ट्रिय मापदण्डअनुसार गुणस्तरीय व्यवसाय सञ्चालन गर्ने संस्थालाई प्रदान गरिने उक्त प्रमाणपत्र कम्पनीले व्यवस्थापकीय क्षमता, सेवा प्रवाह तथा गुणस्तर व्यवस्थापनमा उत्कृष्टता प्रदर्शन गरेपछि प्राप्त गरेको हो । क्वालिटी परीक्षण गर्ने निकायले तोकेको विभिन्न मापदण्ड पूरा गरेपछि मात्र कम्पनीहरू यस प्रमाणपत्रका लागि योग्य हुन्छन् ।
कम्पनीको गुणस्तरीय व्यवस्थापन प्रणाली र चुस्त सेवा प्रवाहलाई मूल्याङ्कन गर्दै अमेरिकास्थित गुणस्तर मापदण्ड संस्था ‘रेजिस्टेक’ले आईएसओ ९००१:२०१५ प्रमाणपत्र प्रदान गरेको हो ।