एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल सुर्खेतबाट पक्राउ परेका छन् । पूर्वउपप्रधानमन्त्री तथा पूर्वअर्थमन्त्रीसमेत एमाले उपाध्यक्ष पाैडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।
प्रहरीका अनुसार पौडेललाई नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ । सेयर कारोबार तथा सम्पत्तिको स्रोतबारे उठेका शंकाका आधारमा अनुसन्धान भइरहेको विभाग निकट स्रोतको भनाइ छ ।
पार्टी कार्यक्रमका लागि सुर्खेत पुगेका पौडेललाई कार्यक्रमस्थलबाटै नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखिएको बताइएको छ । उनलाई थप अनुसन्धानका लागि काठमाडौं ल्याउने तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ ।
नेकपा एमालेले हाल देशभर पार्टी पुनर्गठनसम्बन्धी सुझाव संकलन अभियान सञ्चालन गरिरहेको छ ।