कांग्रेस सभापतिमा गगन थापा निर्वाचित

1.3K

कांग्रेस सभापतिमा गगन थापा निर्वाचित

नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन् । पार्टीको १५औँ महाधिवेशनअन्तर्गत शुक्रबार भएको निर्वाचनमा थापाले ६ हजार ५८४ मत प्राप्त गर्दै सभापति पदमा जित हासिल गरेका हुन् ।
काठमाडौंस्थित राष्ट्रिय सभागृहमा भएको मतगणनाअनुसार उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरे भने ५४ मत बदर भएको महाधिवेशनको मिडिया सेन्टरका सदस्य महेश गौतमले जानकारी दिए ।
निर्वाचन समितिका अनुसार ७ हजार ३१७ महाधिवेशन प्रतिनिधिमध्ये ७ हजार ३९ जनाले मतदान गरेका थिए ।
सभापतिबाहेक अन्य पदका मतपेटिका भने मतगणनाका लागि पार्टी केन्द्रीय कार्यालय सानेपा लगिएको छ । बाकी पदका मतगणना आज दिउसाेदेखि गणना गरिने साे पार्टीले जनाएकाे छ ।