शंकरनगर सामुदायिक बनमा नयाँ नेतृत्व चयन : अध्यक्षमा बस्नेत

1.3K

शंकरनगर सामुदायिक बनमा नयाँ नेतृत्व चयन : अध्यक्षमा बस्नेत

शंकरनगर सामुदायिक बन उपभाेक्ता समितिकाे अध्यक्षमा पुन: रबिन्द्र बस्नेत निर्वाचित भएका छन् । उक्त समितिकाे बुधबार सम्पन्न निर्वाचनमा १५७ मत प्राप्त गरि अध्यक्षमा बस्नेत निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी संगिता गाैतमले मात्र ३२ मत प्राप्त गरिन् ।
शंकरनगर सामुदायिक बन उपभाेक्ता समितिमा नेतृत्व चयनका लागि १९९ जना पार्षद (मतदाता) थिए ।
त्यसैगरी सचिव पदमा धनमाया सारु निर्वाचित भएकी छन् । उनले १४५ मत प्राप्त गरि निर्वाचित भएकी हुन् । सचिव पदका अर्का प्रत्यासी भुवन आचार्यले ४४ मत प्राप्त गरेकाे निर्वाचन अधिकृत खिमानन्द भट्टराले जानकारी दिए ।
उनका अनुसार उपाध्यक्ष, काेषाध्यक्ष तथा लेखा समितिमा भने निर्बिराेध भएकाे छ । उपाध्यक्ष पदमा कमला ज्ञवाली र काेषाध्यक्ष पदमा सुरेन्द्रराज बञ्जाडे निर्विराेध निर्वाचित भएका हुन् ।
त्यसैगरी ३ सदस्यीय लेखा समिति संयाेजकमा चाणक्यबहादुर अधिकारी तथा सदस्यहरुमा तुलसी कुमारी ढकाल र दीपा खनाल निर्वाचित भएका छन् ।
शंकरनगर सामुदायिक बन उपभाेक्ता समितिमा ९ वटा ब्लकका संयाेजकहरुमा क्रमश: १ मा चन्दा थापा, २ मा भिमराज क्षेत्री, ३ मा तिर्थराज पाैडेल, ४ मा कमला पाण्डे, ५ मा डिल्लीराज कण्डेल, ६ मा कृष्णबहादुर क्षेत्री, ७ मा कृष्णबहादुर केसी, ८ मा डाेलराज ज्ञवाली र ब्लक नं. ९ काे संयाेजकमा यस अघि नै गाेविन्द शर्मा निर्वाचित भइसकेका थिए ।