नाटुमा नयाँ नेतृत्व चयन

1.3K

नाटुमा नयाँ नेतृत्व चयन

नेपाल अटो मेकानिक्स ट्रेड युनियन (नाटु) बुटवल नगर कमिटी, मोटरसाइकल इकाइ कमिटी र अटो इन्जिनियरिङ इकाइ कमिटीको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट तीनवटै कमिटीमा नयाँ नेतृत्व चयन गरिएको छ ।
अधिवेशनबाट बुटवल नगर कमिटीको अध्यक्षमा तिलक पाण्डे चयन भएका छन् । कमिटीको उपाध्यक्षमा कृष्णप्रसाद घिमिरे, सचिवमा रनबहादुर विश्वकर्मा, कोषाध्यक्षमा इन्जिनियर समीर खनाल र सहसचिवमा कमलप्रसाद न्यौपाने छन् । सदस्यहरूमा बुद्धिकृष्ण महर्जन, उमेश रासकोटी, सुरज आले र केशव खड्का चयन गरिएको छ ।
त्यसैगरी, अटो इन्जिनियरिङ इकाइ कमिटीको अध्यक्षमा शिवचन्द्र सिंह चयन भएका छन् । उपाध्यक्षमा राधा पाण्डे, सचिवमा सुमन पोख्रेल, कोषाध्यक्षमा युवराज ढकाल र सहसचिवमा सूर्यनारायण महतो चयन भएका छन् । सदस्यहरूमा हरिबहादुर ओली, सपना श्रेष्ठ, दुर्गा वर्मा र गुड्डु गुप्ता चयन गरिएकाे छ ।
मोटरसाइकल इकाइ कमिटीको अध्यक्षमा जीवन बोहोरा चयन भएका छन् । उपाध्यक्षमा गणेश घिमिरे, सचिवमा कृष्णप्रसाद घिमिरे, कोषाध्यक्षमा विकास पौडेल र सहसचिवमा भरत महतलाई चयन गरिएको छ । सदस्यहरूमा पंकज सराफ, देवबहादुर कुँवर मगर, सन्दिप श्रेष्ठ, अप्पु राजा र गौरव खनाल रहेका छन् ।