मेडिकल ल्याबोरेटरी एशोसियशन अफ नेपाल (मेलान)को अध्यक्षमा कृष्ण रिजाल निर्वाचित भएका छन् । मेलानको सुर्खेतमा सम्पन्न पाँचौं राष्ट्रिय सम्मेलनबाट रिजालको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको निर्वाचन समिति संयोजक गुणनिधी खनालले जानकारी दिए ।
उनकाअनुसार नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा शंकर पौडेल तथा उपाध्यक्षहरुमा रमेश खड्का, सुर्य पोखरेल र दयाराम पंगालीलाई चयन गरिएको छ ।
त्यसैगरी महासचिव रमेश अधिकारी, कोषाध्यक्षमा गोपाल थापा तथा सचिव पदमा रोशन परियार र रुद्रबहादुर कार्कीलाई चयन गरिएको छ ।
त्यसैगरी केन्द्रीय कार्यसमिति सदस्यमा महिला क्लष्टरबाट सम्झना श्रेष्ठ, तिब्रता शर्मा र बिमला शर्मा न्यौपानेलाई चयन गरिएको छ । त्यसैगरी कार्यसमिति सदस्यमा कोशी प्रदेशबाट अंशु ठाकुर कुलदिप चौरी र लोकनाथ पौडेल, मधेश प्रदेशबाट विजयकुमार यादव र सुमितकुमार पाण्डे, बागमती प्रदेशबाट मणिराम महतो, पुस्कर सत्याल, शंकर शाही र रोहित राना मगरलाई चयन गरिएको छ ।
त्यसैगरी लुम्बिनी प्रदेशबाट नारायण पौडेल, प्रेमकुमार क्षेत्री र केशव ज्ञवाली, गण्डकीबाट काशिराम सुवेदी, कर्णालीबाट भुवन भारती र पुर्णप्रसाद गैरे, सुदुरपश्चिमबाट सर्जनबहादुर शाहीलाई चयन गरिएको छ ।