निर्वाचन आयोगले नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पारित विधान र निर्वाचित नयाँ पदाधिकारीहरूको विवरण अभिलेखमा अद्यावधिक गरेको छ ।
निर्वाचन आयोगका प्रवक्ता नारायण भट्टराईका अनुसार आयोगको बुधबार बसेको बैठकले कांग्रेसको विधान तथा पदाधिकारीसम्बन्धी विवरण अद्यावधिक गर्ने निर्णय गरेको हाे ।
नेपाली कांग्रेसले असोज १९ देखि २३ गतेसम्म काठमाडौंको १५औँ महाधिवेशन सम्पन्न गरेको थियो । महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुनुका साथै पार्टीको विधानसमेत अद्यावधिक गरिएको थियो ।