कांग्रेसको जिल्ला र प्रदेश अधिवेशनको मिति तोकियो

1.3K

कांग्रेसको जिल्ला र प्रदेश अधिवेशनको मिति तोकियो

नेपाली काँग्रेसले पार्टीको जिल्ला र प्रदेश अधिवेशनको मिति तय गरेको छ । पार्टीले केन्द्रीय निर्वाचन समितिसँगको परामर्शमा अधिवेशनको कार्यतालिका टुंगो लगाइएको सभापति गगनकुमार थापाले जानकारी दिएका छन् ।
निर्धारित कार्यतालिकाअनुसार हिमाली जिल्लाहरूमा मंसिर २४ र २५ गते तथा पहाडी तथा तराईका जिल्लाहरूमा पुस ४ र ५ गते जिल्ला अधिवेशन हुनेछ । हिमाली जिल्लामा मौसम प्रतिकूल हुने र हिमपातको सम्भावना रहने भएकाले अन्य जिल्लाभन्दा अगाडि नै अधिवेशन गर्न लागिएको हो । यद्यपि, विशेष परिस्थिति उत्पन्न भएमा सम्बन्धित जिल्ला कार्यसमितिसँगको परामर्शमा निर्वाचन समितिले अधिवेशनको मितिमा सामान्य हेरफेर गर्न सक्नेछ ।
त्यस्तै, प्रदेश अधिवेशन पुस १२ देखि १८ गतेसम्म सम्पन्न गर्ने तयारी गरिएको छ । सातवटै प्रदेशको अधिवेशन एकैदिन नगरी एक–दुई दिनको अन्तरमा सञ्चालन गर्ने तयारी गरिएको छ । सबै प्रदेश अधिवेशनमा केन्द्रीय पदाधिकारीहरूको उपस्थिति र सम्बोधन रहने भएकाले मिति फरक–फरक राखिएको पार्टीले जनाएको छ । अधिवेशनसम्बन्धी विस्तृत कार्यतालिका केन्द्रीय निर्वाचन समितिले सोमबार सार्वजनिक गर्नेछ ।