रुपन्देहीको पिपलडाडामा दुर्घटना दुईको मृत्यु

1.3K

रुपन्देहीको पिपलडाडामा दुर्घटना दुईको मृत्यु

trackk

बुटवल, १६ असार । रुपन्देहीको सैनामैनामा आज दिउसो भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सैनामैना नगरपालिका वडा नं. १२ को पुर्वपश्चिम राजमार्ग अन्र्तगत सालझण्डी नजिकै पिपल डाडामा ट्रक र  मोटरसाईकल आपसमा ठोकिदा मोटरसाईकलमा सवार दुई जनाको घटना स्थालमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

पश्चिम बाट पुर्व तर्फ आउदै गरेको ना ५ ख ४३१४ नम्बरको ट्रकले पुर्व बाट पश्चिम तर्फ जादै गरेको १० प ४९२२ नम्बरको निलो पल्सर मोटरसाईकलाई ठक्कर  दिदा मोटरसाईलकमा सवार दुई जनाको  मृत्यु भएको ईलाका प्रहरी कार्यलय सालझण्डीका प्रहरी निरीक्षक बिमल पराजुलीले जानकारी दिनु भएको छ । मुत्यु हुनेमा कपिलवस्तु वाण गंगा नगरपालिका ४ बनगाई बस्ने  ३० वर्षका राम रतन थारु र सोही ठाउमा बस्ने वर्ष २० का कृष्ण थारु रहेको ईलाका प्रहरी कार्यलय सालझण्डी प्रहरी नायब निरिक्षक पदम खड्काले जानकारी दिनु भयो ।