प्रतिष्ठानमा पाण्डेय सर्वसम्मत

1.3K

प्रतिष्ठानमा पाण्डेय सर्वसम्मत

lokdohori

बुटवल, १ साउन । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लुम्बिनी अंचल समितिको चौथो अधिवेशनले नयां नेतृत्व चयन गरेको छ ।

हिजो राती अवेर सम्पन्न अधिवेशनले डिल्लीनारायण पाण्डेयको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन गरेको हो । प्रतिष्ठानको वरिष्ठ उपाध्यक्षमा नारायण थापा, प्रथम उपाध्यक्ष उत्तमध्वज के.सी., द्वितीय उपाध्यक्षमा खुम खत्री, महासचिवमा नारायण विपी परियार, सचिवमा निर्मला श्रेष्ठ, कोषाध्यक्षमा दीपक श्रेष्ठ, सहकोषाध्यक्षमा पुर्ण परिवार सर्वसम्मत हुनु भएको छ ।

त्यसैगरी सदस्यहरुमा दिनेश खड्का, योगराज पोख्रेल, राजेन्द्र पोख्रेल, नमराज पाण्डे, लक्ष्मण सुवेदी, अनुराधा घर्ती, सीता राना, सपना गाहा, फुलमाया पुन, सन्तु थापा, ओम श्री सुनार, टीकाराम लुइटेल, वुद्धि वि.क.लगाएत रहनु भएको छ ।

नव निर्वाचित कार्यसमितिलाई प्रतिष्ठानका केन्द्रीय अध्यक्ष चन्द्र शर्माले पद तथा गोपनियताको शपथ गराउनु भएको थियो । नव निर्वाचित अध्यक्ष पाण्डेयले सबैलाई मिलाएर लग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।