एन आर एन पोर्चुगलको काइते विज्ञप्ति ,कता गयो पोस्टल चार्जको रकम?

724

एन आर एन पोर्चुगलको काइते विज्ञप्ति ,कता गयो पोस्टल चार्जको रकम?

ब्रसेल्स/बेल्जियम

हिजो एन आर एन पोर्चुगलले लुम्बिनी अनलाइनमा प्रकाशित समाचार आपत्ति जनाउदै काइते बिज्ञप्ति जारि गरेको छ | जुन विज्ञप्तिले थप एन आर एन पोर्चुगलको कमीकमजोरीलाई बाहिर ल्याउन सहयोग गरेको छ | माथिको अडियो एन आर एन बेल्जियमका वर्तमान अधक्ष्य तथा निवर्तमान सल्लाहकार भिम केसी संग १ वर्ष अघि लिईयको हो | साथै निवर्तमान अधक्ष्य रमेस गुरुंगले पनि एम आर पी फारम आफुहरुले सिधै पेरिस लैजाने गरेको कुराकानीमा बताइसकेका थिय |

एन आर एन पोर्चुगलको आधिकारिक फेसबुक पेज तथा बिभिन्न अनलाइनमा प्रकाशित प्रवक्ता हेमराज सुवेदी द्वारा जारि विज्ञप्तिको अंस हेर्नुहोस | गोलो लगायको भागमा हेर्नुस | जहा लेखियको छ ‘शुल्कको हकमा एमआरपीको लागि तोकिएको राजस्व १२० यूरो तथा नेपाली राजदुताबास पेरिसले लिने पोस्टल चार्ज १० यूरो सहित जम्मा १३० यूरो नेपाली राजदुतावास पेरिसलाई बुझाउने गरिएको स्पस्ट जानकारी गराउन चाहन्छौं। सेवाग्राहीबाट प्राप्त एमआरपी आवेदन फारम र अन्य आबस्यक डकुमेन्ट समुहगत रुपमा पहिले नेपाली राजदुतावास पेरिस पठाउने र दूतावासबाट कागजात रुजु भै सके पछि मात्र उक्त १३० यूरो नेपाली राजदुतावास पेरिस पठाउने गरिएको जानकारी गराउन चाहन्छौ।’

nrn porchugal

 

एन आर एन पोर्चुगलले आफ्नो गल्ति आफै बाहिर ल्याउदैछ| उसले भने बमोजिम प्रत्यक फारमको पोस्टल चार्ज १० यूरो को पोस्टल प्रमाण दिनुपर्ने हुन्छ | होइन भने दुतावासलाई घुस दियको भनेर भन्न सक्नुपर्यो ! स्वयम् व्यक्तिले फारम लैजादा दुतावासलाई पोस्टल चार्ज भनेरप्रति फारम  १० यूरो दिनुपर्ने? यो त् यूरोपका अरु दुतावासमा पनि यस्तो नियम देखिदैन |

जब एन आर एन पोर्चुगलले फारम संगै रकम लिन्छ र फारम पेरिस पुर्याउदा रकम किन लियर जादैन?त्यो बिचमा रकम कहा जान्छ वा प्रयोग गरिन्छ ? अनि एउटाको व्यक्तिको फाराम भर्दा १६ यूरो लिने गरिन्छ | यदि एन आर एनको सस्थागत फाइदाको लियको हो भने हामीले सस्थाको फाइदाको लागि लियको भनेर सबै हिसाब किताब पारदर्शी देखाउनु पर्यो होइन भने जवाफ दिनु पर्यो | १६ यूरोको अनुसार २ सय फारमको हिसाब गर्दा पनि ३२सय यूरो एन आर एन लाइ आउछ | जसमा आधा रकम पेरिस आउन जान हवाई र अन्य खर्च राख्ने हो भने १६सय मासिक एन आर एन लाइ आउने देखिन्छ | अझ दुतावासलाई बुझाइयको भनियको १० यूरो पनि जोड्ने हो भने रकम अझै बढी हुने देखिन्छ |

समाचार प्रकाशित हुनु पुर्व अधक्ष्य भिम के सी लाइ सम्पर्क गर्न खोज्दा सम्पर्कमा आउन चाहनुभयन | पदाधिकारीले दुर्ब्यबहार गरेको कुरो आयको छ ,कुरो केहो?भनेर प्रश्न गर्दा पनि जवाफ आयन |

त्यस्तै गरेर विज्ञप्तिमा नेपाली अबैतनिक कन्सुलरको कार्यालयले कागजात अनुबाद तथा प्रमाणिकरणको ब्यस्तताको कारण पासपोर्टको सहजिकरण गर्न सम्भावना नरहेको भनियको छ | तर पोर्चुगल स्थित नेपाली अबैतनिक कन्सुलरलाइ एम आर पिको कार्य गर्नु भनेर जिम्मा नै नेपाल सरकारले दियको छैन | जिम्मा नै नदियको स्वीकृति नदियको कार्य कन्सुलरले कसरि गरोस?

यदि एन आर एन पोर्चुगलको र दुतावासको कमजोरी थियन भने समाचार प्रकाशित पछि डाटा सबै एकाएक परिवर्तन गरियो किन?ज जसको पैसा नपायको भनेर देखायको दुतावासले किन एकाएक पायको भनेर अपडेट गर्यो ?किन एन आर एन का पदाधिकारी पिडित रमेश राज बास्तोलालाई धम्क्याउन पुगे ? समाचार भ्रामक हो भनेर लेख्न किन दवाब दिय? एन आर एन को नैतिकता यहि हो? समाचारलाई दोष देखाउदै उम्कन खोज्न कि पारदर्शिता बाहिर ल्याउने ?