एन आर एन पोर्चुगल :थिति नभयका पदाधिकारी,एन आर एनको मर्यादा गुमाउदै

1.2K

एन आर एन पोर्चुगल :थिति नभयका पदाधिकारी,एन आर एनको मर्यादा गुमाउदै

लिस्वन/पोर्चुगल

एन आर एन पोर्चुगलमा रहेका केहि पदाधिकारीहरुले केहि समय लिस्वन निवासी रमेश राज बास्तोला माथि आक्रमणको प्रयास र अभद्र व्यवहार गरे | राप्रपा नेपाल पोर्चुगलका अधक्ष्य रहेका बास्तोलालाइ एम आर पीमा भयको आर्थिक हिनामिना तथा ढिलासुस्तीको समाचार प्रकाशित पछि उक्त कार्य गरियको थियो |

पछि उक्त कार्यलाई एन आर एन पोर्चुगलले जिम्मा लियन |बरु उल्टै उनीहरुको व्यक्तिगत कार्य भयको भन्दै पन्छिने काम गर्यो| त्यसको लगत्तै केहि दिन पछि एन आर एनका यूरोप संयोजक कुल अचार्य पोर्चुगल पुगे | सोहि अवसरमा एन आर एन पोर्चुगलका अधक्ष्य भिम के सी ,यूरोप संयोजक कुल अचार्य .पूर्ण हमाल सहितको टोलि उनकै निवासमा पुग्यो र भलाकुसारी गर्यो | बास्तोलालाई मनाउने प्रयास गरे तर सकेनन | बरु उल्टै सुझाब लियर फर्किय |

त्यस्तै गरेर आज मात्रै एन आर एन पोर्चुगलका प्रवक्ता हेमराज सुबेदीले सामाजिक संजालमा तथानाम गालि गर्दै अपच शब्द प्रयोग गरेर प्रतिक्रिया दिय, तल फोटोमा हेर्न सक्नुहुनेछ |उनले यो प्रतिक्रिया एग्रो नेपाली नामक फेसबूकमाप्रतिक्रिया दियका थिय |hem hem3  जुन गर्नेलाई भन्दा देख्नेलाई लाज भन्ने जस्तो भयको छ | प्रवक्ता सुवेदीले कस्तो शब्द प्रयोग गर्ने ,आफ्नो पदीय मर्यादा के हो ?भन्ने बुझ्नु जरुरी छ कि छैन? के एन आर एन पोर्चुगलले सुबेदी जस्तै अमर्यादित ब्यक्ति ,र समाचार आयकै भरमा घरमा गयर थर्काउने धम्की दिने ब्यक्ति नियुक्ति गरेको हो? सुबेदीले के बोल्नुहुन्छ र लेख्नुहुदैन भन्ने सिक्नु जरुरि छ कि छैन? आफुलाई ‘अजासु’ ठान्ने व्यक्तिले मनपरीतन्त्र गर्न पाइन्छ र ?

यस बारेमा अधक्ष्य भिम केसीले सुबेदीको व्यक्तिगत लेखाई भन्दै तर्किन खोजे | के अब आउने यस्ता घटना लाइ एन आर एन पोर्चुगलले व्यक्तिगतको हवाला दिदै तर्किन मिल्छ ? सुवेदीको विषयलाइ लियर केन्द्र सम्म उजुरी पुगेको छ,केन्द्रले के कस्तो कारवाही गर्छ त्यो आगामी दिनमा थाहा हुनेछ |

त्यसो त् प्रवक्ता हेमराज सुबेदीले एक नेपालि युवतीलाई धम्कि दियको र रकम खाइदियको खुल्न आयको थियो | युवती मात्रै होइन धेरैलाई उनले दुख दियको र रकम नदियको सुबेदीका निकटतमले आरोप लगायका थिय |कास्की जिल्ला घर भयकि निर्मला पाण्डे (पिडितको आग्रहमा नाम र केहि व्यक्तिगत कुराहरु परिवर्तन गरियको छ )को ३१ सय यूरो खाइदियका छन | के यो रकम सुवेदीले लाजकाज फिर्ता गर्नु पर्छ कि पर्दैन ?सुबेदीले नेपालमा पनि केहिको रकम खायर नतिरेको कुरा पनि बाहिर आइरहेको छ | के एन आर एन पोर्चुगल यस्तै प्रबृत्ति भयका ब्यक्तिहरुको अखडा बन्ने हो ?

तसर्थ अब एन आर एन पोर्चुगलले हिजो बास्तोला माथि भयको धाकधम्की र आज सुबेदीले देखायको  आफ्नो छाडापन माथि नैतिक कारवाही गर्ने पर्छ,मिलेसम्म बर्खास्ती नै गरोस | होइन भने एन आर एन पोर्चुगलमा आउने हरेक निवेदन र घटनाको निस्पक्ष नतिजा दिन सक्दैन भन्ने पुस्टि गर्नेछ | पोर्चुगलमा धेरै नेपाली छन .हरेकका समस्या उस्तै छन | नेपालीको सस्था भनेर समस्या समाधानको लागि आउनेहरुको मन जित्नका लागि आफ्नो छवी एन आर एन पोर्चुगलले सुधार्नु जरुरि देखिन्छ |

यो पनि पढ्नुस

एन आर एन पोर्चुगलका प्रवक्ताले एक नेपालि युवतीलाइ धम्कि दियको र रकम खाइदियको आरोप