ट्रेड युनियन काँग्रेसको सदस्यता सुदृढीकरण अभियान

684

ट्रेड युनियन काँग्रेसको सदस्यता सुदृढीकरण अभियान

trade-union

कार्यान्वयनको पक्षमा शंका कायमै
कबिन्द्र नेपाल/
बुटवल, ३१ भदौ । नेपाल ट्रेड युनियन काँग्रेसले संगठन सुदृढीकरण गर्दै मुलुकको पुनसंरचना अनुसार अँघी बढ्ने गरी बिधान संशोधन प्रस्ताव अँघी बढाएको छ । जस अन्तरगत संगठन सुदृणिकरण तथा बिधान संशोधनको मोडेल बनाएर आवद्ध संस्था तथा क्षेत्रगत रुपमा राय सुझाव माग गरेको छ ।

ट्रेड युनियनको अन्तर्राष्ट्रिय मान्यता अनुसार आवद्ध सदस्यको व्यक्तिगत विवरण नेपाल ट्रेड युनियन काँग्रेसले राख्नेछ भने सदस्यता प्रमाणीकरण भने सम्बन्धित आवद्ध संघ र ट्रेड युनियन जिल्ला कार्यसमितिले गर्नुपर्नेछ । यो काम पुरा भएपछि सदस्यता संगै संगठन पनि सुदृढीकरण हुने नेपाल ट्रेड युनियन काँग्रेसका महासचिव महेन्द्र यादवले बताउनु भयो ।

नेपाल ट्रेड युनियन काँग्रेसले सदस्यता सुदृढीकरण तथा विधान संशोधनको प्रस्ताव सहित आवद्ध संस्थासंग २ पटक काठमाण्डौमा छलफल गरिसकेको छ भने क्षेत्रगत रुपमा बिराटनगर, काठमाण्डौ र पश्चिमाञ्चल क्षेत्रको गोरखामा प्रशिक्षणात्मक गोष्ठि गरिसकेको छ । त्यस्तै धनगढी, नेपालगञ्ज र जनकपुरमा गर्दैछ ।

मुलुक संघीयतामा प्रवेश गरिसकेको र सोही अनुसार संघ, प्रदेश र स्थानीय तहमा संस्थागत बिकास गर्ने गरी प्रतावित विधान तयार पारिएको र राय सुझावका लागि आवद्ध संघ तथा क्षेत्रगत रुपमा प्रस्तुत गरिएको उपाध्यक्ष गणेश निरौलाले बताउनु भयो । मुख्यत ट्रेड युनियन मजदुहरुको छाता संस्था हो । नेपाल ट्रेड युनियन काँग्रेसमा २५ वटा संघ आवद्ध छन् ।

यति ठूलो संस्थाको नेतृत्व लिनकालागि पनि विगतमा फर्जी मतदाता धेरै छन् । यो कुरालाई केन्द्रीय नेतृत्व पनि स्वीकार गर्छ । तर त्यसलाई सुदृण गर्दै ट्रेड युनियनको अन्तर्राष्ट्रिय नम्स अनुसार अँगाडी बढ्न सकियो भने सदस्यलाई संस्थागत सुरक्षा प्रदान गर्न पनि सहज हुने भएकाले सदस्यता सुदृढीकरण अभियान सुरु गरिएको अध्यक्ष खिलानाथ दाहाल बताउनु हुन्छ ।

सदस्यता सुदृढीकरण र बिधान संशोधनले मात्रै संस्थागत सुदृणीकरण हुन सक्दैन । त्यसै अनुसार युनियनले अहिले आर्थिक सुदृढीकरणको कार्यदिशा पनि अंगाडी बढाएको छ । संस्था सञ्चालनकालागि आर्थिक बिकास अति महत्वपूण छ । आर्थिक बिकास बिना संस्थाको बृहत्तर बिकास गर्न सकिँदैन । संस्थागत रुपमा आर्थिक सुदृणीकरण हुन सकेन भने मजदुरका तमाम समस्या समाधानकालागि संस्थाले कुनै प्रगति गर्न सक्दैन ।

सोही कारण युनियनले आर्थिक सवली करणको पाटोलाई पनि महत्वका साथ लिएको कोषाध्यक्ष योगेन्द्रकुमार कुँवर बताउनुहुन्छ । नेपालमा ट्रेड युनियन आन्दोलन सुरु भएको २००३ सालदेखि हो । बिराटनगरको जुट मिलमा गिरिजाप्रसाद कोईरालाको नेतृत्वमा सुरु भएको मजदुर आन्दोलनले ७ दशक पार गरिसकेको छ । यद्यपी मजदुरका समस्या हल हुनु भन्दा झन जटिल बन्दै जानुले ट्रेड युनियन आन्दोलनका अभियान्तालाई झनै चुनौति थपिँदै छ ।

बढ्दैगएका मजदुरका समस्या समाधान गर्नकालागि पनि सदस्यता सुदृढीकरण, चुष्त संगठन र संस्थागत आर्थिक सवलीकरण आवश्यक रहेको अध्यक्ष दाहाल बताउनु हुन्छ । नेपाल ट्रेड युनियन काँगेसले लिएको नयाँ रणनीतिलाई जिल्ला समिति तथा क्षेत्रीय समितिहरुले सकारात्मक रुपमा लिएका छन् ।

तर पछिल्लो रणनीति कार्यान्वयन पक्षलाई भने विश्वास गरिहाल्न सकेका छैनन् । केन्द्रीय समितिले लिएको रणनीति सकारात्मक छ तर सजिलै विश्वास गरिहाल्ने स्थिती भने नभएको रुपन्देहीका जिल्ला अध्यक्ष काजिमान श्रेष्ठ बताउनुहुन्छ । क्षेत्रीय कार्यशाला गोष्ठिमा सहभागि भएका पश्चिमाञ्चलका जिल्ला अध्यक्षहरुले पनि कार्यान्वयनको पक्षमा शंका व्यक्त गरेका थिए ।