बुटवल, १ असोज । रुपन्देहीको सैनामैना नगरपालिका वनकट्टा स्थित अभियान बालगृहका बालबालिकालाई सहयोग गरिएको छ । रोटरी सामुदायिक सेवा केन्द्र सैनामैना र अनएयर मिडिया सेन्टर बुटवलले १२ जना बालबालिकाका लागि विद्यालय पोशाक र खाद्यान्न सहयोग गरेको हो ।
शनिबार एक समारोहका विच युवा समाजसेवी झविन्द्र फुल्लेलले विद्यालय पोशाक वितरण गर्नुभएको हो । सो अवसरमा बोल्दै फुल्लेलले समाजमा केहि भएकाहरुले दिने संस्कारको विकास भए कोही पनि अभावमा बाच्न नपर्ने बताउनुभयो । उहाँले सोही अवसरमा १० हजार सहयोग गर्ने घोषणा गर्नुभयो ।
अभियान वालगृहका ११ जना बालबालिका र हुम्ला घर भई हाल सैनामैना मेमोरियल बोर्डिङ्गमा कक्षा ४ मा अध्ययनरत लोकजीत बुढालाई विद्यालय पोशाक, जुत्ता र झोला तथा खाद्यान्न सहयोग गरिएको रोटरी सामुदायिक सेवा केन्द्रका अध्यक्ष खनिल पहाडीले बताउनुभयो ।
कार्यक्रममा रोटरी क्लब अफ बुटवलका मनोनित अध्यक्ष नारयणप्रसाद पन्त, रेडियो रिपब्लिकका अध्यक्ष कुलचन्द्र पाण्डे, अनएयर मिडिया सेन्टर बुटवलका प्रबन्ध निर्देशक गोविन्द बस्नेत, सैनामैना खानेपानी तथा सरसफाई उपभोक्ता समितिका सावित्रा भुसाल, सैनामैना मेमोरियल बोर्डिङ्गका साहयक प्राचार्य पदम अर्याल, सुशेली बचत समूहका अध्यक्ष कमला आचार्य, रोटरी सामुदायिक सेवा केन्द्र सैनामैनाका पूर्व अध्यक्ष सितादेवी गौतम, अभियान बालगृहका अध्यक्ष तिलक शाहीले बोल्दै बालबालिकालाई सहयोग गरेर समाजमा उदाहरणीय काम गरेको बताउनुभयो ।
तीजमा गरिएको कार्यक्रमबाट संकलित रकमबाट सहयोग गरिएको आयोजकले जनाएका छन् ।