अर्जुन ज्ञवाली/
बुटवल, १ असोज । बिधीको शासन अक्षरस लागु नभएसम्म देशमा लोकतन्त्र अपुर्ण हुने एक कार्यक्रममा सहभागीहरुले औल्याएका छन । बुटवल जेसीजद्धारा आयोजीत शिक्षा र स्वास्थ हाम्रो सरोकारका नाराका साथ सम्पन्न सप्ताहब्यापी कार्यक्रम जेसीज सप्ताह २०१६ समापन समारोहमा बक्ताहरुले सो बिषय उल्लेख गरेका हुन ।
कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद ढकालले बिधीको शासन अक्षरस कार्यान्वयन नभएसम्म लोकतन्त्र अपुरो हुने बताउनुभयो । “जेसीजको आस्थामा रहेको शासन ब्यक्ती होइन, बिधीको हुनुपर्छ भन्ने कथन आमनेपालीको भावना हो, त्यसैले यो चाहानाअनुरुप सबै राजनैनिक दल र कर्मचारीहरुले मनन गर्नुपर्छ ।” ढकालले भन्नुभयो ।
नेपाल जेसीजका निरुपती कार्यकारकारणी उपाध्यक्ष महेश पौडेलले शिक्षा र स्वास्थ हाम्रो सरोकार बिषयमा समय सान्द्रभिक कार्यक्रम राखेर हप्ताभरी कार्यक्रम गरेकोमा बुटवल जेसीजको सरह्रना गदै अब जेसीज युवाहरु संविधान बनिसकेपछि यसको कार्यान्वयन गर्न दवावमुलक कार्यक्रम गर्नुपर्ने औल्याउनुभयो । पौडेल भन्नुभयो “बिधी शासन अनुरुप शासन सन्चालन गर्न नया संबिधान अक्षरस लागु हुनुपर्छ । ”
कार्यक्रममा जेसीआइका पुर्व उपाध्यक्ष अनुपमान सैन्जुले १८ देखि ४० बर्षका युुवाको संस्था जेसीजमा युवाहरुको आक्रषर्ण बढाउनको लागि नेतृत्वसँग सम्बन्धीत तालिम तथा कार्यक्रम गरीरहन आग्रह गर्नुभयो । उहाले जेसीजमा युवाहरुको संख्यासँगै गुणस्तर पनि बढाउनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा रुपन्देही ब्यापार संघका उपाध्यक्ष यमलाल लोहनी, जेसीआइ सिद्धार्थका अध्यक्ष लेखनाथ भट्टराई, बुटवल जेसीजका पुर्व अध्यक्ष मनोज भट्टराइ लगायतले लोकतत्त्रको मर्म र जेसीजको मर्म एउटै भएकोले यसको प्राप्तीमा सबैले हातोमालो गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा बुटवल जेसीजका संस्थापक अध्यक्ष स्व. द्रोर्णराज जोसीको श्रीमती महालक्ष्मी जोशी, सस्थापक कुसुम लाकौल, पर्शुराम शाक्य, ईरादेवी थैव, मोहम्मद हारुन अन्सारी, मदन पौडेल एवम् महिला ट्राफिक बबीता घर्तीलाई प्रमाणपत्र र मायाकोचिनो सहित दोसल्ला ओडाइ सम्मान गरीएको थियो । त्यस्तै बुटवल जेसीजको आयोजनामा सम्पन वक्तुत्वकलाका प्रथम तिलोत्तमा कलेजकी छात्रा आस्था लोहनी, द्धितिय दिप उमाविका सागर भट्टराइ तथा न्यु होराइजनका सुदीप गाह र तृतिय स्कलर्स होम उमाविका युवराज पौडेललाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरीएको थियो ।
कार्यक्रम बुटवल जेसीजका अध्यक्ष राजु पौडेलको सभापतित्व एवम् स्वागत, कार्यक्रम संयोजक चन्द्रकान्त डुम्रेको आस्थापाठ, जेसीज सप्ताहका मुल संयोजक यम प्रसाद तिवारीको धन्यवाद तथा महासचिव राजेन्द्र घिमिरेको सन्चालनमा सम्पन्न भएको थियो ।