कांग्रेसको परिचयात्मक तथा छलफल कार्यक्रम

1.3K

कांग्रेसको परिचयात्मक तथा छलफल कार्यक्रम

congress

बुटवल, १ असोज । नेपाल काग्रेस बुटवल उपमहानगरपालिका वडा नं १९ को आयोजनामा क्षेत्रीय पदाधिकारी तथा नेपाली कांगे्रसका कार्यकता विचको भेटघाट कार्यक्रम मोतीपुरमा सम्पन्न भएको छ ।

वडा न १९ का सभापती ओम व घिमीरेको सभापतीत्वमा भएको कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र न ४ का सभापती हरी लम्सालले आफु सधै भरी जनताको पक्षमा काम गर्नका लागि राजनीतिमा लागेको र जनताले दीएको जिम्मेवारी लाई कुनै पनी कसर वाकी नराखी पुरा गर्ने प्रतीवदता व्यक्त गर्नु भयो ।

कांग्रेस कार्यकतालाई सम्वोधन गदै कुनैपनी अप्ठेरो परीस्थीतीमा जुनसुकै समयमा पनी आफुलाई सम्झीएको अवस्थामा जनताको सेवामा हाजीर हुन तयार रहेको वताउनु भयो । कार्यक्रममा वडा नं १९का  कांग्रेसकार्यकताले  नेपाली कांग्रेसको संगठनलाई मजवुद वनाउन नेतृत्वलाई विभिन्न सुझाव दिएका थिए भने आफुहरुले भोगेका गुनासा हरुलाई नेतृत्व समक्ष राखेका थिए ।

भेलामा नेपाली काग्रेसका महाधिवेशन प्रतीनीधी राम वहादुर कार्की, जिल्ला सदस्य गोवीन्द लम्साल  क्षेत्र न ४ सचीव जोग व खत्री, कोषाध्यक्ष राज व क्षेत्री, नेपाल तरुण दलका जिल्ला उपाध्यक्ष पोषराज चापागाई, नेपाल विधार्थी संघका पुर्व अध्यक्ष विष्णु पोखरेल, विद्यार्थि नेता केशव पाण्डेय ,अमृत पाण्डेय लगायतले आ आफ्नो धारणा राखेका थिए ।