बुटवल, १ असोज । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)जिल्ला समिति,रुपन्देहीले आजदेखि विशेष आर्थिक अभियान (कुपन अभियान) शुरु गरेको छ ।
पार्टीले विदेशसहित देशका ७५ वटैं जिल्लामा आजदेखि विशेष आर्थिक अभियान शुरु गरेको हो । पार्टी,रुपन्देहीले रुपन्देहीको सात वटैं क्षेत्रबाट आजबाट आर्थिक अभियान शुरु गरेको हो ।
आर्थिक अभियानलाई व्यवस्थित गर्न पार्टी,रुपन्देहीका संयोजक भुलबहादुर सुनारीमगरको संयोजकत्वमा ५१ सदस्यीय विशेष आर्थिक अभियान संयोजन समिति र त्यस मातहत रहने गरि रुपन्देहीका सात वटैं क्षेत्रमा आर्थिक उपसमिति गठन गरिएको छ ।
पार्टी,रुपन्देहीको आज बुटवलमा बसेको सचिवालय र क्षेत्रीय इन्चार्जको बैठकले उक्त समिति गठन गरिएको हो ।पार्टीले असोज र कार्तिक मसान्तसम्म उक्त अभियान चलाउंने जनाएको छ । पार्टीले विशेष आर्थिक अभियानको नाम दिएर शुरु गरेको कुपनको मुल्य एक हजार तोकेको छ ।
अभियानबाट संकलित उक्त रकम राष्ट्रियता, जनतन्त, जनजीवि, कालाबजारी, तस्करी र भष्ट्रहरुका विरुद्धमा हुंने संघर्षमा खर्चिने अध्यक्ष मोहन वैद्य(किरण)ले जानकारी गराउंनु भएको छ ।
पार्टीरुपन्देहीका संयोजक भुलबहादुर सुनारीमगरको अध्यक्षता र केन्द्रीय सचिवालय सदस्य एवं अवधराज्य समिति इन्चार्ज प्रेमनाथ सुवेदीको प्रमुख आतिथ्यतामा बसेको बैठकले असोज ३ गते संविधानको विरोधमा बुटवल र भैरहवामा विरोध सभा गर्ने गरेको निर्णयलाई अनुमोदन गरेको छ ।