५० औं महायज्ञलाई स्वर्ण महोत्सवको रुपमा मनाउने

1.3K

५० औं महायज्ञलाई स्वर्ण महोत्सवको रुपमा मनाउने

mahayagya

यज्ञ सम्पादन समिति गठन
बुटवल, २ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिका मणिग्राम स्थित सरस्वती पञ्चायतन मन्दिरले वार्षिक रुपमा सञ्चालन गर्दै आएको महायज्ञ ५० औं पुगेको अवसरमा अवको महायज्ञलाई स्वर्ण महोत्सवको रुपमा मनाउने निर्णय गरिएको छ ।

मन्दिर व्यबस्थापन समितिको शनिबार मणिग्राममा सम्पन्न वार्षिक साधारण सभाले अबको महायज्ञलाई भव्य बनाउने निर्णय गर्दै नारायण वञ्जाडेको अध्यक्षतामा यज्ञ सम्पादन मुल समिति समेत गठन गरेको छ । वर्षिक रुपमा सम्पादन हुँदै आएको महायज्ञबाट संकलन भएको रकमबाट मन्दिरको खर्च सहित मन्दिरद्वारा सञ्चालित धार्मिक पाठशालाका बटुकको खर्च व्यबस्थापन गर्दै आएको छ ।

अहिले उक्त मन्दिरमा २१ जना बटुकले धार्मिक कर्मकाण्ड अध्ययन गर्दै आएको मन्दिर व्यबस्थापन समितिले जनाएको छ । स्वर्ण महोत्सवको रुपमा सञ्चालन गरिने महायज्ञको मिति तय नभईसकेपनि यज्ञ सम्पादन समितिको उपाध्यक्षमा मनिस अधिकारी, प्रेमनारायण देवकोटा, धर्मादेवी न्यौपाने, सचिवमा भरत भुसाल, कोषाध्यक्षमा डोलराज पाण्डेलाई चयन गरिएको छ ।

तयस्तै सचिवालय संयोजकमा टिकाराम पाण्डे, शोभा कलश ¥यालीको संयोजकमा गायत्री पाण्डे, युवा परिचालनमा बाबुराम देवकोटा तथा अनुगमन समितिमा रोमणीप्रसाद पाठक, गोपाल भट्टराई र कोषप्रसाद भट्टराईलाई चयन गरिएको छ । उक्त मन्दिरमा प्रत्येक वर्ष माघ फागुनको बिचमा महायज्ञ गर्दै आईएको छ ।