गणेशमा बाल अधिकार

1.3K

गणेशमा बाल अधिकार

gg

बुटवल, ३ असोज । संविधान दिवसको अवसरमा गणेश ज्ञानज्योति पव्लिकमा हाई स्कुल बुटवल–सेमलार, रुपन्देहीमा नयां संविधानमा बाल अधिकार विषयक अन्तक्रिया भएको छ ।

वाल क्लवले आयोजना गरेको अन्र्तक्रियामा बुटवल उपमहानगरपालिकाका संयुक्त वडा सचिव जगत वहादुर के.सी ले नेपालको संविधान २०७३ वालमैत्रि संविधान भएकोले अव वालवालिका अग्रसर भएर अगाडि वढनुपर्नेमा जोड दिनुभयो ।

अन एयर मिडिया सेन्टरका प्रवन्ध निर्देशक गोविन्द वस्नेतले नयाँ संविधानमा वालवालीकाको हक अधिकारका कुरा भएतापनि कार्यान्वयन हुन नसक्दा गरीव तथा विपन्न परीवारका वालवालीका शिक्षा वाट वन्चित हुन परेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम शर्मा काफ्ले, नेपाली कांग्रेसका वडा सभापति प्रेम प्रसाद पौडेल, पुर्व गा.वि.स उपाध्यक्ष धनश्याम चालिसे, वडा संयोजक रमा खडका, सेमलार व्यापार संघका अध्यक्षा नगेन्द्र आर्चाय, साना किसान सहकारी सस्थाका अध्यक्ष राम प्रसाद रेग्मी, नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष राम वहादुर थापा, विद्यालयका प्रार्चाय कुलराज शर्मा ,सह प्राचार्य डोलराज खरेल,लेखनाथ पौडेल, शिक्षक हरी अधिकारी लगायतले मन्तव्य राखेका थिए ।

सोहि कार्यक्रममा  अन एयर मिडिया सेन्टरले आयोजना गरेको एक हप्ते उद्घोषण तालिममा सहभागी भएका ५० जना विधार्थीलाई समेत प्रमाणपत्र वितरण गरिएको थियो । वाल क्लवकी अध्यक्ष शीवानी पन्थको अध्यक्षता मनिसा पौडेलको स्वागत र पुजा शर्माको संचालनमा कार्यक्रम भएको हो ।