दोस्रो टी–२० मा भारत पराजित

722

दोस्रो टी–२० मा भारत पराजित

ttकाठमाडौं । दोस्रो टी–२० मा दक्षिण अफ्रिकाले भारतलाई ६ विकेटले पराजित गरेको छ । यससँगै उसले तीन म्याचको सिरिज २–० ले आफ्नो पक्षमा पारेको छ ।

कटकमा भएको खेलमा दक्षिण अफ्रिका जित नजिक पुगेपछि आक्रोसित दर्शकहरुले मैदानमा पानीको बोटल हानेका कारण खेल केहीबेर रोकिएको छ ।

पहिले व्याटिङ गरेको भारत १७.२ ओभरमा ९२ रन जोड्दा अलआउट भयो । पहिलो खेलमा १०६ रनको शानदार पारी खेलेका रोहित शर्मा २२ रनमा डेभिड मिलरको शानदार थ्रोमा रन आउट भए ।

विरोट कोहली मात्र १ रन बनाएर आउट भए । १० ओभरमा भारतले ४ विकेट गुमाइसकेको थियो र, ५८ रन बनाएको थियो ।

शिखर धवन ११ रन बनाए भने अम्बाती रायडूले खाता नै खोल्न सकेनन् । सुरेश रैनाले २२ रन बनाए । तर, कप्तान महेन्द्रसिंह धोनीले मात्र ५ रन बनाए ।

भारतलाई सस्तैमा समेट्ने क्रममा मोर्कले १२ रन दिएर ३ विकेट लिए भने इमरान ताहिरले २४ रन दिएर २ तथा क्रिस मौरिसले १६ रन दिएर २ विकेट लिए ।जवाफमा दक्षिण अफ्रिकाले १७.१ ओभरमा ४ विकेट गुमाएर ९३ रनको लक्ष्य भेट्टायो । दक्षिण अफ्रिकालाई ५४ बलमा २९ रन चाहिएको अवस्थामा दर्शकले मैदानमा पानीको बाटल हाने, जसका कारण खेल २७ मिनेट रोकियो ।

जेपी डुमिनीले अविजित ३० रन बनाए । हासिम अमला मात्र दुई रनमा पभेलियन फर्किए । एबी डिबिलियर्स १९ र फाप डुप्लेसीले १६ रन बनाए ।भारतका आर अश्विनले ४ ओभरमा २४ रन दिएर ३ विकेट लिए ।