सयपत्रिमा गुरुङ्ग

1.3K

सयपत्रिमा गुरुङ्ग

sayapatri-news

बुटवल, ३ असोज । नेपालमा रहेका सहकारीलाई अझ बढि उत्पादनमूलुक बनाउन नयाँ सहकारी ऐनको आवश्यकता रहेको बताइएको छ ।

सयपत्रि बचत तथा ऋण सहकारी संस्था बुटवलको दशौं बार्षिक साधारणसभा तथा पाँचौ अधिवेशनको सोमबार बुटवलमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै रुपन्देहीका डिभिजन सहकारी प्रमुख नेत्रप्रसाद घिमिरेले यस्तो बताएका हुन । तल्लो तहको बर्गलाई उत्पादनसँग जोडेर सहकारीहरुले काम गर्न नसकेको भन्दै त्यसलाई व्यस्थित बनाउन सहकारी ऐनले माग प्रशस्त्र गर्ने उनको भनाई छ ।अहिले पनि सहकारीहरुले शेयर सदस्यतामा सिमा निर्धारण गरेको भन्दै त्यो खुल्ला हुनुपर्ने बताए ।

कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका फिल्ड म्यानेजर सुनिल कुमार ज्ञवाली, यातायात व्यवसायी तथा मजदुर भलाई कोषका महासचिव दिनेश फुल्लेल, मणिमुकुन्दसेन उदान बुटवल फूलबारीका अध्यक्ष खेमप्रसाद लुईटेल, उर्बर बचत तथा ऋण सहकारी संस्था बुटवलका अध्यक्ष रामप्रसाद आचार्य, धु्रवतारा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तुलसीराम शर्मा पौडेल, लालटिन कृषि सहकारी संस्थाका सचिव राजु पौडेलले बोल्दै सहकारीले बचतसँगै एकिकृत उत्पादनमा समेत रुची जगाउन सफल भएको बताए ।

कार्यवाहक अध्यक्ष तुल्सिबहादुर गुरुङ्गको अध्यक्षता, कोषाध्यक्ष रामबहादुर मल्लको स्वागत एंव सचिव सुमन अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । साधारणसभाकै अवसरमा एसएलसी परीक्षा २०७२ मा उत्कृष्ट अंक ल्याएका शेयर सदस्यका सन्तानहरु लक्ष्मण चौधरी, राम चौधरी र अच्यूत भुसालललाई सम्मान गरिएको थियो ।

साधारणसभाले अध्यक्ष र कोषाध्यक्षको प्रतिवेदनलाई पारित गरेको छ । ३ सय २५ शेयर सदस्य रहेको सहकारीको शेयरपुँजी ५२ लाख ३० हजार रुपैयाँ रहेको कार्यालय व्यवस्थापक दामोदर भुसालले बताए  ।

यसैविच पाँचौं अधिवेशनले तुल्सीबहादुर गुरुङ्गको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा सुमन अधिकारी, सचिवमा रामबहादुर मल्ल, कोषाध्यक्षमा बाबुराम आचार्य निर्विरोध निर्वाचित भएका हुन । यसैगरि सदस्यहरुमा गोमबहादुर केसी, टानबहादुर खत्री, सिता बस्याल, छमकला न्यौपाने, बिरबहादुर पुन, विजय केसी र रामप्रसाद भुसाल निर्वाचित भएका छन् । यस्तै लेखा समिति संयोजकमा विष्णुप्रसाद पन्त निर्वाचित भएका छन् ।