कामीहरु संगठित

1.3K

कामीहरु संगठित

kami

बुटवल, ३ असोज । विश्वकर्मा समुदायका यूवाहरुको क्षमता अृभिवृद्धि तथा विकास गर्ने र समाजिक विभेदको अन्त्यको लागि अग्रसर हुने उदेश्यका साथ विश्वकर्मा समुदायका एक भेलाले विक गायज ‘कामी समुह’का गठन गरिएको छ ।

आइतबार बुटवलमा सम्पन्न भेलाले सुरज कामीको नृतेत्वमा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा रामु सुनार र जनक सुनार, सचिवमा आविष्कार सुनार सह–सचिवमा सुरेश सुनार, कोषाध्यक्षमा प्रदिप सुनार र सह कोषाध्यक्षमा सुवोधशाह सुनार रहेका छन् ।

त्यस्तै सदस्यहरुमा सुरज सुनार, विशाल सुनार, सुरेश सुनार, आकांक्षा सुनार, विक्रम सुनार, रहेका छन् भने बाँकी एक महीला सदस्य समितिको पकिलो बैठकबाट चयन गरिने बताइएको छ । उक्त भेलामा बोल्दै दलित पत्रकार संघ नेपाल रुपन्देहीका अध्यक्ष संजय विश्वकर्माले यूवाहरुको क्षमता अृभिवृद्धि तथा विभेद अन्त्य गर्ने उदेश्यले स्थापना भएको यस संस्थाले रचनात्मक कार्यमा जोडदिई संस्थाको नामलाई एक किसिमको ब्राण्ड  बनाउनुपर्ने बताए ।

विशिष्ट अतिथि युनिटी गायज बुटवलका  सुदिप गुरुङले विश्वकर्मा समुदायका युवाहरुले आफ्नो जातको पहिचानअनुसारको नामबाट संस्था गठन गरेकोमा यो उदाहरणीय रहेको बताए । साथै यस संस्थाले आफ्नो पहिचानलाई समाजमा सशक्क्त रुपमा चिनाउनुपर्ने बताए ।

संस्थाका अध्यक्ष सुरज कामीले आफुले कामी जातीकै भएक कारण  थुप्रै विभेद भोग्नुपरेको भन्दै अव आफु जात लुकाएर नभई जातको पहिचान बनाएरै विभेद विरुद्धको अभियानमा अग्रसर हुने बताए । कार्यक्रममा सागर टण्डन, रविन श्रेष्ठ लगायतले बोलेका थिए ।