भैरहवा, ४ असोज । लुम्बिनी प्रेस क्लबको प्रथम साधारण सभा असोज १२ गते भैरहवामा हुने भएको छ ।
क्लबका अध्यक्ष माधव ढुंगानाको अध्यक्षतामा बसेको बैठकले साधारणसभामा सहभागी हुने क्रियाशिल पत्रकारहरुले असोज १२ गते विहान सम्म क्लबको सदस्यता लिइसक्नुपर्ने र सदस्यता लिएका सदस्यहरु मात्र साधारणसभामा सहभागी हुनेगरी तयारी थालेको छ । बैठकले सदस्यता वितरणको लागि क्लबका कार्यसमिती सदस्य दिपेश पछाई संयोजक र कमल रायमाझी सहसंयोजक रहेको समिती बनाएको छ । पछाई र रायमाझीलाई ब्यानर तथा परिचय पत्र व्यवस्थापनको समेत जिम्मेवारी दिएको छ ।
यसैगरी बैठकले साधारणसभा मुल व्यवस्थापनको लागि अध्यक्ष माधव ढुंगाना संयोजक र उपाध्यक्ष मनोरञ्जन शर्मा सहसंयोजक रहेको समिती चयन गरेको छ । त्यसैगरी प्रतिवेदन लेखनको लागि संयोजकमा महासचिव नरेश के.सी, कोष प्रतिवेदनको लागि संयोजकमा कोषाध्यक्ष सम्झना शर्मा र सूचना तथा सन्चारको लागि संयोजकमा शारदा मल्ल एवं निर्वाचन मण्डलमा अधिवक्ता तथा पत्रकार कुलमणी ज्ञवालीलाई संयोजक तोकिएको बैठकपछि महासचिव नरेश के.सी.ले जानकारी दिए ।
यसैगरी बैठकले लेखापरिक्षणकोलागी लेखापरिक्षक नियुक्ती, भास्करानन्द माया शर्मा अक्षयकोषद्धारा प्रदान गरिने पत्रकारिता सम्मानको लागी व्यक्ति छनौट सहित अन्य विविध महत्वपुर्ण निर्णयहरु गरेको छ ।