दुर्घटनामा मृत्यु

1.3K

दुर्घटनामा मृत्यु

accident

गुल्मी, ४ असोज । गुल्मीमा सडक दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । दुर्घटनामा परी दुई जना घाईते भएका छन् ।

भैरहवाबाट तम्घास हुँदै अर्घाखाँचीको ढिकुरा जाँदै गरेको अवस्थामा रेसुङ्गा नगरपालिका ८ को कमेरेपानीमा बा १४ च ६१५३ नम्वरको निजी कार दुर्घटना हुँदा गम्भीर घाईते बनेका भैरहवामा गजुरी होटल सञ्चालक अन्दाजी  ४० वर्षिय  अशोक भुसालको उपचारका क्रममा मृत्यु भएको हो ।

यस्तै अर्घाखाँचीको असुरकोटमा आज साझ भएको जीप दुर्घटनामा एक जनाको ज्यान गएको छ । सन्धिखर्कबाट असुरकोट जादै गरेको लु १ ज २०८६ नम्बरको जीप असुरकोटको उदयठाटीमा दुर्घटना हुदा असुरकोटकि ६८ बर्षिय श्यामकला केसी को मृत्युु भएको हो ।

दुई जना घाइते भएका छन । घाइतेको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भै रहेको छ । घाइते केसी लाई उपचारका लागि लैजादै गर्दा बाटोमा मृत्यु भएको हो ।